
काठमाण्डौ- मन्त्रिपरिषदको बैठक बालुवाटारमा सुरु भएको छ । प्रत्येक बिहीबार मन्त्रीपरिषदको नियमित बैठक बस्ने गरेको छ । अन्य दिन बिहीवार अपरान्ह बस्ने भए पनि आज भने बिहानै सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
आजको बैठकको मुख्य एजेन्डा मुख्य सचिवको रहेको छ । हाल कार्यरत मुख्य सचिव लोकदर्शन रेग्मीको कार्यकाल कर्तिक ६ गते सकिदैछ ।
मन्त्रिपरिषद पुनर्गठको चर्चा भए पनि ढिलाई भइरहेको छ । नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहल प्रचण्डबीच मन्त्रिपरिषदमा कसलाई सहभागी गर्ने र कसलाई बिदा गर्ने भन्नेमा कुरा नमिलेका कारण मन्त्रीपरिषद पुनर्गठन गर्न ढिला भइरहेको स्रोतको भनाइ रहेको छ ।
प्रचण्ड प्रधानमन्त्रीबाहेक सबैलाई राजिनामा गराएर पुनर्गठन हुनुपर्ने अडानमा छन् भने ओली पुराना अनुहारको पनि निरन्तरता दिने पक्षमा उभिएकाले कुरा नमिलेको श्रोतको भनाई छ ।