
मकवानपुर – मकवानपुरमा आज ४१ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ ।
हेटौंडा स्थित किटजन्य रोग तथा अनुसन्धान केन्द्रमा गरिएको परिक्षणमा ७ जना महिला र ३४ जना पुरुष गरि ४१ जनामा संक्रमण पुष्ठि भएको हो । यहि असोज १८ गते १२७ जनाबाट परिक्षणका लागि स्वाब लिइएको थियो ।
संक्रमित हुनेमा मनहरीका २ जना पुरुष छन् भने अरु सबै हेटौंडा उपमहानगरपालिका भित्रका रहेको जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले बताउनुभयो ।

What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1