
मकवानपुर – मकवानपुरमा आज ५१ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ । बिहान १० जना र साँझ ४१ जना गरि ५१ जनामा संक्रमण पुष्ठि भएको हो ।
हेटौंडामा रहेको किटजन्य रोग तथा अनुसन्धान केन्द्रमा गरिएको परिक्षणमा सांँझको रिपोर्ट अनुसार १८ जना महिला र २३ जना पुरुष गरि ४१ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ ।
संक्रमण पुष्ठि हुनेमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ का २६ वर्षिय एकजना पुरुष पनि रहेका छन् ।
त्यसैगरी मनहरी गाउँपालिका वडा नम्बर ४ का ५० वर्षीय १ जना पुरुष , निजगढ – १२ का १ जना पुरुष र सिन्धुलीका १ जना पुरुष रहेका छन् भने अरु सबै हेटौंडा उपमहानगरपालिका भित्रका रहेको जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले बताए ।

What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1