
मकवानपुर – मकवानपुरमा बिहिवार अर्थात् आज बिहानै थप ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
हिजो असोज २१ गते ९७ जनाको स्वाबको परिक्षण गर्दा ६० जनामा संक्रमण पुष्ठि भएको हो । हिजो पनि ४१ जनामा संक्रमण पुष्ठि भएको थियो । यो सँगै जिल्लामा दिनहुँ जसो कोरोना संक्रमित हुनेको दर वढ्दै गएको छ ।
आज बिहान आएको रिपोर्टमा थप ६० जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।
पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ५४ जना, मनहरी गाउँपालिकाका ४ जना, बकैया गाउँपालिकाका १ जना र हेटौंडा बस्ने एक भारतीय सहित ६० जनामा पुष्टि भएको हो ।

What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1