
मकवानपुर – कोरोना भाइरस स्रंक्रमणबाट मकवानपुरका थप २ जनाको ज्यान गएको छ ।
ज्यान जानेमा उत्तरी मकवानपुरको पालुङका पुरुष र पूर्वी मकवानपुरको बागमती गाउँपालिकारकी महिला रहेकी छन् ।
पालुङका ७७ वर्षीय वृद्ध पुरुषको शुक्रबार वीरेन्द्र अस्पतालमा मृत्यु भएको छ । २१ असोजमा अस्पताल भर्ना भएका उनलाई २२ गते संक्रमण पुष्टि भएको थियो ।
यसैगरि कोरोनाबाट मृत्यु हुनेमा बागमती गाउँपालिका वडा नंबर ६ की ८५ वर्षीया वृद्धा महिला रहेकी छन् । उनको शनिबार चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।
ज्वरो, निमोनिया भएर १५ असोजमा अस्पताल भर्ना भएकी उनलाई २० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो संगै कोरोना संक्रमणबाट मकवानपुरका १७ जनाको मृत्यु भएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1