
मकवानपुर – आइतबार मकवानपुरका थप २७ जनामा कोरोना भाइरस संक्रमण पुष्ठि भएको छ ।
गोरक्षश्वर कोभिड १९ नमुना स्वाब संकलन केन्द्रबाट यहि असोज २३ गते संकलन गरिएको २२८ स्वाब मध्ये हेटौंडामा रहेकोे किटजन्य रोग तथा अनुसन्धान केन्द्रमा ८७ स्वाबमा गरिएको परिक्षणमा १३ जना महिला र १४ जना पुरुष गरि २७ जनामा संक्रमण पुष्ठि भएको हेटौंडाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले बताउनुभयो ।
संक्रमित हुनेहरुमा सबै हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् ।

What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1