
काठमाण्डौ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेललाई कोभिड १९ अर्थात् कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
शनिबार ज्वरो आएपछि पाटन अस्पताल भर्ना भएका उनलाई परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको र मन्त्री पोखरेलको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
पोखरेललाई कोरोना संक्रमण भएसँगै मन्त्री परिषदमा कोरोना संक्रमण हुने मन्त्रीको संख्या दुई पुगेको छ । यस अघि शनिबार संस्कृति , पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1