मकवानपुर – मकवानपुरमा आज शनिबार बिहानै १२० जनामा कोरोना संक्रमण पुष्ठि भएको छ ।
यहि असोज २९ गते २१८ जनाबाट लिइएको स्वाब परिक्षण गर्दा १२० जनामा संक्रमण पुष्ठि भएको हो । जसमा ४९ जना महिला र ७१ जना पुरुष रहेका छन् ।
मकवानपुरगढी गाउँपालिकाका थप २ जनामा संक्रमण पुष्ठि भएको छ । पुष्ठि हुनेमा वडा नम्बर ४ कि २८ वर्षिय महिला र २९ वर्षका पुरुष रहेका छन् ।
संक्रमण पुष्ठि हुनेहरुमा मकवानपुरका विभिन्न पालिकाका लगायत ३ जना जिल्ला बाहिरका रहेको जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले बताउनुभयो ।
सम्वन्धित समाचार
Add A Comment