मकवानपुर – बलात्कारबिरुद्ध कालो पोशाक लगाएर हेटौंडाका युवा-किशोरीहरुले बुद्ध चोकमा प्रर्दशन गरेका छन् । पछिल्लो समय बलात्कारका घटना बढ्दै गएको र दोषीलाई कारबाही नभएको भन्दै उनीहरुले शनिबार बिहान प्रदर्शन गरेका हुन् ।
मकवानपुरको हेटौंडामा भएको प्रदर्शनमा पीडितको न्यायका लागि किशोरीहरुले कालो लुगा र मुख छोप्ने गरी कालो पट्टी बाधेर प्रर्दशन गरेका हुन् । ” सरकार देखाउ ईच्छा खोइ त महिलाको सुरक्षा ??? अर्को पालो मेरो पो हो कि ?? ” लेखिएको ब्यानर सहित उनीहरुले अब हामी निर्मला र सम्झना बन्न चाहन्नौ भन्दै नारा लगाएका थिए ।
देशमा बलात्कारका घटनाहरु बढ्दै गइरहेकाले आफूहरु सुरक्षित नरहेको उनीहरुले बताएका छन् । महिला राष्ट्रपति भएको देशमा छोरी चेलीहरु असुरक्षित हुनु दुखद भएको उनिहरुको भनाइ रहेको छ ।
कार्यक्रममा समामाजिक अभियन्ता विकेशलाल श्रेष्ठ , रोनिशा फुयाल , सन्जिता पुडासैनी , प्रज्ञा आचार्य , अस्मिता ढुङ्गाना , रोजिता दहाल लगायतकाको उपस्थिती रहेको थियो ।
सम्वन्धित समाचार
Add A Comment