
मकवानपुर – मकवानपुरमा आज मंगलबार १०९ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ ।
यहि कार्तिक २ गते २८७ जनाबाट लिइएको स्वाब परिक्षण गर्दा १०९ जनामा संक्रमण पुष्ठि भएको हो । जसमा ४१ जना महिला र ६७ जना पुरुष रहेका छन् भने एकजना तेस्रो लिङ्गी रहेका छन् ।
यसैबीच मकवानपुरगढी गाउँपालिकाका थप ५ जनामा संक्रमण पुष्ठि भएको छ । पुष्ठि हुनेमा वडा नम्बर ४ का ३२ वर्षका १ जना , वडा नम्बर ७ का ४२ वर्षका १ जना , वडा नम्बर ५ का २० वर्षका १ जना र वडा नम्बर ६ का १७ र २७ वर्षका २ जना गरि आजै मात्र ५ जना पुरुषमा संक्रमण पुष्ठि भएको छ ।
यसैगरी संक्रमण पुष्ठि हुनेहरुमा ३ जना जिल्ला बाहिरका र बाँकी सबै हेटौंडा उपमहानगरपालिका भित्रका रहेको हेटौंडाका कोभिड १९ फोकल पर्सन जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले बताउनुभयो । आज २ पटक रिपोर्ट सार्वजनिक हुँदा पहिलो पटक ७१ र दोश्रो पटक ३८ जना गरि १०९ जनामा संक्रमण पुष्ठि भएको थियो ।

