
मकवानपुरगढी – मकवानपुरगढी -३ मा रहेको जागरण बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा कल्पना श्रेष्ठ पुनः निर्वाचित हुनुभएको छ । मंगलबार सम्पन्न संस्थाको २२ औं साधारणसभाले पुनः श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो ।
त्यस्तै संस्थाको उपाध्यक्षमा भगवती घिमिरे, सचिवमा सरिता बराईली, कोषाध्यक्षमा सुमित्रा दुलाल निर्वाचित हुनुभएको छ भने सदस्यहरुमा दुर्गा भोलन, सबिता चौलागाई, शोभा आचार्य, बिक्रम योञ्जन, बिरेन्द्र मान गोले रहनुभएको छ । लेखा समिति संयोजकमा धन लामा र सदस्यहरुमा मीना दर्जी र राजकुमार दुलाल रहनुभएको छ ।
महिला जागरण बचत तथा ऋण सहकारी संस्था लि. ले गएको वर्ष संस्थाको नाम संशोधन गरि अगाडि रहेको महिला शब्द हटाइएको थियो । संस्थामा अहिले पुरुष पनि सदस्य बन्न पाउनेछन् ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1