
मकवानपुर – मकवानपुरमा शुक्रबार बिहानै ५९ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ ।
यहि कार्तिक १३ गते ११० जनाबाट लिइएको स्वाब परिक्षण गर्दा ५९ जनामा संक्रमण पुष्ठि भएको हो । जसमा २३ जना महिला र ३६ जना पुरुष रहेका छन् । परिक्षण भएको मध्ये ५४% मा संक्रमण पुष्ठि भएको छ ।
संक्रमण पुष्ठि हुनेहरुमा थाहा नगरपालिकाका ५ जना , मनहरी गाउँपालिकाका ५ जना , बकैया गाउँपालिकाका १ जना र बाँकी सबै हेटौंडा उपमहानगरपालिका भित्रका रहेको हेटौंडाका कोभिड १९ फोकल पर्सन जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले बताउनुभयो ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1