
मकवानपुर – बागमती प्रदेशको राजधानी हेटौंडाबाट “नेस्नल गोल्ड एचडि” स्याटेलाइट टेलिभिजन च्यानल प्रसारण हुने भएको छ ।


सूचना तथा सञ्चार मन्त्रालयले हेटौंडाको सर्वोत्कृष्ट मिडिया प्रालिलाई प्रदेश राजधानीकै पहिलो स्याटेलाइट टेलिभिजनकोरुपमा भू–उपग्रह तथा केवल च्यानलमार्फत प्रसारण गर्ने गरी इजाजत पत्र प्रदान गरेको हो ।
इजाजत प्राप्त भएसँगै केही हप्ता भित्रै टेलिभिजनको प्रशारण प्रारम्भ गरिने मिडिया प्रालिका प्रवन्ध निर्देशक उज्ज्वल चौलागाईले जानकारी दिनुभयो । उहाँका अनुसार भूउपग्रहको माध्यमबाट प्रसारण गरिने टिभि सिग्नललाई सि–ब्याण्डमा हेर्न सकिने छ । भूउपग्रह थाइकम–५ च्यानलमार्फत टेलिभिजनलाई संसार भर हेर्न सकिने उहाँको भनाई छ ।
हाल सरकारले नेपाली, हिन्दी, अंग्रेजी तथा विभिन्न राष्ट्र भाषाहरुमा २४ एै घण्टा मनोरञ्जनात्मक तथा जानकारीमूलक सामाग्रीहरु प्रसारण गर्न पाउनेगरी इजाजत दिएको उहाँले बताउनुभयो ।
