• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    टिभिएसद्वारा आकर्षक अफर सहित एक्सचेन्ज अफर

    २०८० आश्विन ४ गते, बिहीबार १९:२६

    नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला स्तरिय प्रधानाध्यापक गोष्ठी सम्पन्न

    २०८० भाद्र २८ गते, बिहीबार २०:२६

    लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य

    २०८० भाद्र २७ गते, बुधबार ११:१३

    सुदूरपश्चिममा सत्ता पक्षका दलका नेताले प्रयोग गरिरहेका गाडी फिर्ता गर्न निर्देशन

    २०८० भाद्र २२ गते, शुक्रबार ११:३१

    लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

    २०८० भाद्र २१ गते, बिहीबार १२:३४
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

हृदयघात कसलाई र कसरी हुन्छ ?

गोविन्द शर्मा तिमल्सिना२०७७ मंसिर ३ गते, बुधबार १२:४७ 3 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

अहिले धेरैलाई उच्च रक्तचाप छ, मोटोपन छ, कालेस्ट्रोलको समस्या छ । यी समस्याहरुले हृदयघातको जोखिम बढाएको छ ।

त्यसैपनि जाडो मौसम मुटु रोगीका लागि अनुकुल मानिदैन । वाह्य चिसोको कारण नसाहरु खुम्चने वा साँघुरिने हुन्छ । यसले रक्त प्रवाहमा कठिनाई ल्याउँछ । जसको सोझो भार, मुटुमाथि पर्छ । यस्ता अनेक कारण छन्, जसले जाडोमा हृदयघातको जोखिम बढाउँछ ।

मुटुमा रगत पु¥याउने नलीमा अवरोध भएमा मानिसलाई हृदयाघात हुने गर्छ । रक्तनलीका विशेषगरी तीनवटा कारणले अवरोध सिर्जना हुने गर्छ ।

– रक्तनलीमा बोसो जमेमा

-नली फुटेमा

– रक्तचाप बढेर मुटुमा असर परेमा

हृदयघातको संकेत

सामान्यत के मानिन्छ भने छातीमा तिब्र दुखाइ हुनु नै हृदयघातको संकेत हो । यद्यपि यति मात्र हृदयघातको संकेत होइन । हृदयघात हुनुअघि नै छालामा केही अरु संकेत देखापर्छ, जसलाई पहिचान गरेर हामी सर्तक रहन सक्छौं । मुटुको स्वास्थ्य गडबड भएपछि छालामा अनेक किसिमका संकेत देखिन थाल्छ । उक्त संकेतलाई पहिचान गरेर बेलामै सर्तक रहेपछि संभावित खतराबाट बच्न सकिन्छ ।

शरीरको अचानक जुनसुकै भागमा स-सना बिबिरा आउँछ भने यसबाट बुझ्न सकिन्छ तपाईंमा हृदय रोग छ । यस्तो बिबिरा शरीरमा कोलेस्ट्रोलको स्तर बढेपछि देखिन्छ । त्यसैले अचानक देखिने यस्ता बिबिरापछि केही सावधान भने रहनुपर्छ ।

दुबै आँखाको छेउमा सेतो-पहेंलो चिप्रा जस्तो देखिन्छ । कसै कसैमा यो चिप्रा जमेको मैन बत्ती जस्तै पनि देखिन्छ । आँखाका साथै यस्तो चिप्रा हात र खुट्टामा पनि देखापर्न सक्छ । यदि तपाईंमा यस्तो संकेत देखिए तपाईंको कोलेस्ट्रोल नियन्त्रण भएको छैन । यसले कुनैपनि बेला हृदयघातको जोखिम निम्त्याउँछ ।

यदि तपाईंको शरीरको कुनैपनि भागको छालामा नीलो वा बजैनी रंगको देखिन्छ भने सावधान हुनुहोस्, किन भने यो अस्वस्थ्य मुटुको संकेत हो । यस्तो लक्षण धेरैजसो खुट्टाको औंला आसपासमा देखापर्छ । छालामा निलो, बैजनी निशानाको अर्थ हो कि तपाईंको शरीरको कुनै भागमा रगत जमेको छ र पर्याप्त अक्सिजन पुगिरहेको छैन । धमिनीमा रगत जम्मा हुँदा धमनी ब्लक हुन्छ, जो हृदयघातको कारण बन्न सक्छ ।

यदि तपाईंको औंलाको माथिल्लो भाग सुन्निएमा यो पनि हृदयघातको पूर्व संकेत हुनसक्छ । सामान्यत नङको भाग सुन्निनु भनेको मुटुमा संक्रमण भएको वा अरु रोग भएको संकेत हो । कहिले काहीँ फोक्सोको समस्याले पनि यस्तो लक्षण देखाउँछ । यद्यपि यी सबै संकेत हृदघातको कारण बन्न सक्छ ।

अचानक तपाईंको औंलामुनी निलो वा बैजनी रंगको निशाना देखियो भने सावधान रहनुहोस् । यसले पनि हृदय रोगको संकेत गर्छ । हुन त यस्तो निशान चोटको कारण पनि देखापर्न सक्छ । यद्यपि कुनै चोटपटक लागेको छैन भने तुरुन्तै चिकित्सककहाँ पुग्नुपर्छ ।

यदि तपाईंको हात वा खुट्टाको औंलामा स-सना घाउ खटिरा जस्तो देखिन्छ र यो दुख्ने किसिमको छ भने यसले पनि हृदय रोगको संकेत गर्छ । (अनलाइन खबरबाट )

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

२२ प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन

असोज २५ गतेदेखि दसैँका लागि नयाँ नोट साट्न पाइने

८ दिनदेखि उभिएर धर्ना दिइरहेका ‘ई’ को स्वास्थ्य अवस्था गम्भीर बन्दै गएकोमा आयोगको ध्यानाकर्षण

आज एकदिनका लागि पाटन दरबार सङ्ग्रहालय प्रवेशमा पैसा नलाग्‍ने

नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता वृद्धि

काठमाण्डौंमा जेष्ठ नागरिकहरुको फोटो प्रदर्शनी हुने

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :[email protected]

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.