
मकवानपुरगढी – जिल्ला प्रशासन कार्यालय मकवानपुर द्वारा मकवानपुरगढी गाउँपालिका अनुगमन गरिएको छ ।
हिजो पौष २ गतै भएको अनुगमनमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल , जिल्ला समन्वय समितिका संयोजक रघुनाथ खुलाल , मकवानपुरका प्रहरी प्रमुख सुशील सिंह राठौर सहितको उपस्थिति रहेको गाउँपालिकाले जनाएको छ ।



अनुगमनमा मुख्य रुपमा सामाजिक सुरक्षा र घट्ना दर्ताका साथै गाउँपालिकाको समग्र विकसको विषयमाा छलफल भएको थियो । छलफलमा गाउँपालिकाका अध्यक्ष विदुर हुमागाँई , प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी , वडाध्यक्षहरु लगायत शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1