
मकवानपुरगढी – मकवानपुरगढी गाउँपालिकामा सुचिकृत भएका सहकारीहरुले खाद्यान्नको कारोबार शुरु गरेका छन् ।
आज मकवानपुरगढी ३ मा रहेको धमिले कृषि सहकारी संस्थाले विभिन्न ४ जना किसानहरुसँग २०१९ केजी धान खरिद गरेको सहकारीका अध्यक्ष नवराज संजेलले जानकारी दिनुभएको छ । यसैगरी मकवानपुरगढी २ मा रहेको कुर्ले कृषि सहकारी संस्थाले विभिन्न ८ जना किसानहरुसँग ५२०५ केजी धान खरिद गरेको गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताउनुभयो ।
उत्पादित अन्न सहकारीलाई बेचेवापत किसानले तोकिएको मुल्यमा प्रति केजी २/- रुपैयाँ गाउँपालिकाबाट थप अनुदान पाउनेछन् भने सुचिकृत सहकारीले पनि बिक्री समन्वय गरेवापत प्रति केजी २/- रुपैयाँ अनुदान पाउने छ ।



राज्यले तोकेको मुल्य मोटा धानको प्रति केजी रु. २७/३५ र मध्यम धानको प्रति केजी रु. २८/८५ तथा गाउँपालिकाले प्रति केजी मुल्य कोदोको रु. ४२/- , मिठेफापरको रु. ६०/- , तितेफापर रु. ७०/- तोकेको छ । खाद्यान्न खरिद बिक्रीको लागि गाउँपालिकाका ५ वटा सहकारी सुचिकृत भएका छन् । धान , मकै , गहुँ , कोदो र फापरको खरिद बिक्रीमा अनुुुदानको ब्यवस्था रहेको चौधरीले बताउनुभयो ।
यसैगरी गाउँपालिकाले अनुदानको मल बिक्रीका लागि १३ वटा सहकारी सुचिकृत भएको जनाएको छ ।




तस्वीर : चन्द्रकान्त चौधरी , कृषि शाखा प्रमुख मकवानपुरगढी