
मकवानपुर – मकवानपुरगढीमा बसोबास गरि संचार क्षेत्रमा कृयासिल रहेका पत्रकारहरु संलग्न रहेको ‘मकवानपुरगढी पत्रकार समाज’ नामक संस्थाको स्थापना भएको छ ।
आज हेटौंडामा भएको पत्रकारहरुको भेलाले सरिता दाहाल अध्यक्ष रहने गरि ९ सदस्यीय तदर्थ समिति समेत गठन गरेको छ । समितिको उपाध्यक्षमा मनोज देवकोटा , सचीव श्रीराम अर्जुन दाहाल , कोषाध्यक्ष नवीन तिमल्सिना (रेवती) , सहसचिव सुनसानी थिङ रुम्बा , सदस्यहरुमा राज सापकोटा , संजिव सुनार , भुवन घलान (सोमलाल) रहेका छन् भने एक सदस्य पछि थप हुनेछन् ।
सामाजिक संस्थाको रुपमा स्थापना भएको यस संस्थाको विधान तयार गरि यसै महिना भित्र सम्बन्धित निकायमा दर्ता गरिने तदर्थ समिति कि अध्यक्ष दाहालले बताउनुभयो । मकवानपुरगढी गाउँपालिका भरिमा पत्रकार महासंघबाट सदस्यता प्राप्त गरेका र नगरेका गरि ३२ जना पत्रकारहरु हाल कृयासिल रहेका छन् ।