मकवानपुर – बिभिन्न संघ सस्थामा आवद्ध पालुङका संगम कार्कीले आफ्नो हरेक जन्मदिनको अवसरमा सामाजिक कार्यमा लगानी गर्ने बताउनु भएको छ । उहाँले आफ्नो जन्मदिनको अवसर पारी आज थाहा नगरपालिका वडा नं ३ मा रहेको सीताराम दिवा जेष्ठ नागरिक केन्द्रलाई २ थान डस्टबिन हस्तान्तरण गर्नुभएको छ । साथै उहाँले आफ्नो प्रत्येक जन्मदिनमा केन्द्रलाई सहयोग गर्ने बताउनु भयो ।
त्यस्तै उहाँले आफ्नो जन्मदिनको अवसरमा जनकल्याण माबि पालुङमा अध्ययनरत १ जनालाई कक्षा १० सम्म अध्ययनको लागि छात्रवृत्ति प्रदान गर्ने समेत बताउनु भयो ।
डस्ट्बिन बितरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी दामनका सभाभति राजकुमार केसी, पालुङ जेसीजका बर्ष २०२० का अध्यक्ष मनोज रायमाझी , २०२० का महासचिव नवराज लामा, कार्यकारि उपाध्यक्ष सबिन बिस्ट, उपाध्यक्ष निरज रायमाझी, मुक्तिनाथ हरियाली कृषि सहकारी संस्था का अध्यक्ष माधब कार्की लगायतको उपस्थिति रहेको थियो ।
आफ्नो जन्मदिनको अवसरमा सामाजिक कार्यमा सहभागि हुनु भइ केन्द्रलाइ सहयोग गर्नु भएकोमा केन्द्रका संयोजक ईश्वरबहादुर कार्कीले धन्यवाद सहित जन्मदिनको शुभकामना व्यक्त गर्नुभयो ।
हाल केन्द्रमा ३० देखि ४० जना जेष्ठ नागरिकहरुको उपस्थितिमा नियमित गीता पाठ, पुराण पाठ लगायत गतिबिधि संचालन गर्ने गरिएको र आगामी दिनमा धार्मिक पुस्तकालयको स्थापना गर्ने समेत लक्ष्य रहेको केन्द्रका अध्यक्ष कार्कीले बताउनु भएको पालुङबाट राजकुमार केसीले बताउनुभयो ।
सम्वन्धित समाचार
Add A Comment