
मकवानपुरगढी – मकवानपुरगढी गाउँपालिका वडा नं २ मा रहेको कुर्ले कृषि सहकारी संस्थाको आठौं वार्षिक साधारणसभा आज (शनिबार) सम्पन्न भएकाे छ ।
संस्थाका अध्यक्ष कृष्ण प्रसाद हुमागाईको अध्यक्षतामा भएको सो साधारणसभा राष्ट्रिय सहकारी बैक लि. हेटाैडाका प्रमुख रामेश्वर अर्यालकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
साधारणसभामा कोषाध्यक्ष माया तामाङ्, सचिव राजकुमार खड्का, लेखा सयाेजक गोपाल गौतम,ऋण समिति संयाेजक कृष्ण प्रसाद तिमल्सिना बाट वार्षिक प्रतिबेदनहरु प्रस्तुत भएका थिए । ७५ जना शेयर सदस्य रहेकाे सहकारिले आ. व. २०७६/०७७ मा ५८ लाख ८२ हजारको काराेबार गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि अर्यालले सदस्यहरुको वचत गर्ने बानीले समाज समृद्धिकाे दिशातिर उन्मुख हुने बताउनु भयाे । जसका लागि सदस्यहरुमा सहयोगको भावना जागृत हुनुपर्ने तथा हातमा हात मिलाई अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका विशेष अतिथि २ नम्वर वडा अध्यक्ष बखानसिं पाख्रीनले किसानहरू निर्बाहमुखि कृषिमा भन्दा पनि व्यवसायिकमुखि कृषिमा उन्मुख हुनुपर्नेमा जाेड दिनुभयाे । कार्यक्रममा विशेष अतिथि गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्र कान्ता चौधरीले कृषिमा परेकाे जुनसुकै समस्यामा पनि आफुले सक्दो सहयाेग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे । कार्यक्रममा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूले साधारणसभा सफलताको शुभकामना व्यक्त गर्नुभएको थियाे ।
(कुमारमणी हुमागाईको सहयोगमा)
