
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरको जिल्ला पार्टी कार्यालयमा तालाबन्दी भएको छ ।
हेटौँडा ५ मा रहेको पार्टी कार्यालयमा आज तालाबन्दी भएको छ ।
नेकपाका केन्द्रीय सदस्यहरु रामेश्वर राना, रघुनाथ खुलाल, जुनेली श्रेष्ठ, महेशकुमार बर्तौला, नेकपा मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ, पार्टीका जिल्ला स्तरिय नेताहरु, जनबर्गिय संगठनका नेताहरुको उपस्थितिमा आज तालाबन्दी गरिएको हो ।
पार्टी कार्यालयको अभिलेख, संम्पती एवं सर सामाग्री सुरक्षा र अदालतमा यो विषयले प्रवेश गरेको भन्दै छिनोफानो नहुन्जेलको लागि सुरक्षा आवश्यक रहेको भन्दै आफुहरुले तालाबन्दी गरेको केन्द्रीय सदस्य रामेश्वर रानाले बताए ।
तालाबन्दी कार्यक्रममा बोल्दै नेकपा मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले केपी शर्मा ओली नेतृत्वको नेकपा नै आधिकारिक नेकपा र मुलधार भएको र पार्टी कार्यालय हजारौ नेकपाका नेता एवं कार्यकर्ताको रगतपसिनाबाट बनेकाले कार्यालयको सुरक्षा गरेको जानकारी दिए ।