
मकवानपुरगढी- मकवानपुरगढीमा आज भएको हाजिरी जवाफ प्रतियोगितामा वडा नं ७ सुकौरामा रहेको जनता माविले प्रथम स्थान हाँसिल गरेको छ ।
सहिद क. रुद्र पाख्रीनको १८ औं स्मृती दिवसको उपलक्ष्यमा आज भएको पालिकाका माध्यमिक विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता ‘सहिद क. रुद्र पाख्रीन स्मृति पार्क’ले आयोजना गरेको हो ।
प्रतियोगितामा वडा नं २ शिखरकटेरीमा रहेको चण्डिका मावि द्वितीय र वडा नं ३ मक्रान्चुलीमा रहेकोे भानु मावि तृतीय भएका थिए ।
प्रथम हुने सहभागी विद्यार्थीलाई जनही २ हजार पाँच सय र प्रमाणपत्र , द्वितीय हुनेलाई जनही २ हजार र प्रमाणपत्र त्यसैगरी तृतीय हुनेलाई जनही १ हजार पाँच सय र प्रमाणपत्र प्रदान गरिएको थियो भने सहभागी सबै विद्यालयहरुलाई कदरपत्र प्रदान गरिएको आयोजक संस्थाकि अध्यक्ष मान कुमारी पाख्रीनले बताउनुभयो ।
मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाँईको
प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा ४ नं वडाध्यक्ष रामप्रसाद तिमल्सिना ,सहिदपत्नी राममाया पाख्रीन , भिम पाख्रीन लगायतकाको उपस्थिति गरेको थियो ।
मकवानपुरगढी गाउँपालिका वडा नं ४ रुद्र बाटिकामा भएको कार्यक्रममा पालिका भित्रका ८ वटा माध्यमिक विद्यालयहरुबाट १६ जना प्रतियोगीहरु सहभागी भएका थिए ।

