
मकवानपुर – हेटौंडा उपमहानगरपालिका वडा नं ६, चौघडामा रहेको मक्रान्चुली सहकारी संस्था लि.को १५ औं वार्षिक साधारणसभा आज (बुधबार) सम्पन्न भएको छ ।
हेटौडा उपमहानगरपालिका वडा नं ६ का वडाध्यक्ष तथा संस्थाका सल्लाहकार अर्जुन प्रसाद चौलागाईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम संस्थाका अध्यक्ष रामहरि न्यौपानेको सभाध्यक्षतामा सम्पन्न भएको संस्थाका ब्यवस्थापक केदार संजेलले बताउनुभयो ।
उक्त कार्यक्रममा लेखा समिति सदस्य द्वय शिव प्रसाद न्यौपाने र शिव प्रसाद खनालले लेखा प्रतिवेदनको साथमा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने नौलो बिहानी कृषि सहकारी संस्था लिमिटेड चौघडाका भरत सापकोटा एवम् ६ नं वडाका पूर्व वडा अध्यक्ष त्रिविक्रम मानन्धर ले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
संस्थाका शेयर सदस्य गोपाल प्रसाद गौतमले कार्यक्रम संचालन गर्नुभएको थियो । साधारणसभा गत पौष २७ गते शुरु भइ आज (२९ गते) समापन भएको ब्यवस्थापक संजेलले बताउनुभयो । निकै पहिला स्थापना भएको यस संस्था मक्रान्चुली साझाको रुपमा परिचीत छ ।
