
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले माघे संक्रान्ती, माघी लगाएत चाडपर्वहरुले परस्परमा प्रेम, सद्भाव र भाईचाराको बिकासमा महत्वपूर्ण योगदान पुर्याउने बताउनु भएको छ ।
आज माघे सङ्क्रान्तिको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले माघे संक्रान्ती, माघी लगाएत चाडपर्वहरुले परस्परमा प्रेम, सद्भाव र भाईचाराको बिकासमा महत्वपूर्ण योगदान पुर्याउदैं आएको बताएका छन् ।
उनले भनेका छन्,“माघे संक्राती तथा माघी पर्व- २०७७ को अवसरमा स्वदेश तथा बिदेशमा रहनुभएका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनिहरुमा सुख, शान्ती एवम् समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपाल एक बहुजातिए, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक विविधतायुत्त देश हो । यहि बिविधताभित्रको एकताले नेपाल र नेपालिलाई जोडेको छ ।
माघे संक्रान्ती, माघी लगाएत चाडपर्वहरुले परस्परमा प्रेम, सद्भाव र भाईचाराको बिकासमा महत्वपूर्ण योगदान पुर्याउदैं आएको छ । यो नै हाम्रो मौलिक पहिचान हो । चिनारी हो । यहि एकता र भातृत्वको जगमा समृद्द नेपाल, सुखी नेपालिको संकल्प पूरा गर्न हामि सबैको ईमान्दार प्रयास रहनुपर्छ ।
यहि शुभेच्छा सहित पुन: माघे संक्राती तथा माघी पर्वको अवसरमा यहाँहरु सबैमा हार्दिक शुभकामना वक्त गर्दछु ।”