
प्रदेश नं १ का मुख्यमन्त्री एवं नेकपाका नेता शेरधन राईको मिस मंगोल विजेता जाङमु शेर्पासँग विवाह हुने भएको छ ।


झण्डै ५० वर्षीय राईले मिस मंगोल २०१८ की विजेता २० वर्षीया शेर्पासँग विहे गर्न लागेका हुन् । उनीहरुबीच यही माघ ११ गते विवाह हुने भएको हो।
विवाह काठमाडौंमा गर्ने र भोज विराटनगरमा आयोजना गर्ने तयारी भएको बुझिएको छ ।
मुख्यमन्त्री राईले बुढेशकालमा बिवाह गर्न लागेका हुन् । यसअघि उनले प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाएर मात्रै बिहे गर्ने बताउँदै आए पनि उनले त्यो प्रतिज्ञा तोडदै बिवाह गर्न लागेका हुन । किनभने अहिले सम्म प्रदेश १ को नामाकरण भएको छैन ।
मुख्यमन्त्री राईको पर्खौली घर भोजपुर हो भने जाङमु संखुवासभाकी हुन् । उनी हाल काठमाडौंमा बस्दै आएकी छन् । उनका बाबु–आमा भने अमेरिकामा छन् ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1