
हेटौँडा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानपुरको जिल्ला सम्मेलन आयोजक कमिटिको घोषणा गरिएको छ ।अनेरास्ववियु मकवानपुर संयोजक किशन घिसिङले आइतबार कमिटीको घोषणा गरेका हुन । कमिटीमा सहसंयोजकको जिम्मेवारी विशाल पौडेलले पाएका छन । पौडेल यस अघि जिल्ला कमिटीका कोषाध्यक्ष रहेका र मकवानपुरे विद्यार्थी आन्दोलनमा निकै लोकप्रिय विद्यार्थी नेता हुन ।
आज भएको बैठकले पौडेललाई सहसंयोजकको भूमिका सहित जिल्लाको सबै क्षेत्र तथा क्याम्पस तहमा जिम्मेवारी बाँडफाँड भएको हो ।
यसैगरी अनेरास्ववियु मकवानपुरका संयोजक किसन घिसिङको संयोजकत्वमा ११ सदस्यीय कार्यलय टिम समेत निर्माण गरेको छ ।
अनेरास्ववियुका केन्द्रीय कार्यलय टिम सदस्य तथा नेकपाका केन्द्रीय सदस्य महेशकुमार बर्तौलाको प्रमुख आतिथ्यता तथा नेकपा केन्द्रिय सदस्य जुनेली श्रेष्ठको आतिथ्यतामा भएको बैठकले जिम्मेवारी बाँडफाँड गरेको हो ।
आगामी जेठमा गते हुने जिल्ला सम्मेलनको तयारीको लागि जिम्मेवारी बाँडफाँड भएको हो ।
यस्तो छ सूचि :


