• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेशसभा बैठक बस्दै

    २०७९ माघ २२ गते, आईतवार ०९:५५

     गण्डकी प्रदेशसभा : दुई अध्यादेश स्वीकृत

    २०७९ माघ १९ गते, बिहीबार १७:१९

    स्वदेशमानै स्वरोजगार बन्नका लागि प्रदेश सरकारले बेरोजगार युवाहरुलाई तालिम दिने

    २०७९ माघ १८ गते, बुधबार २२:०३

    सरकारले बिजनेस नदिँदा बागमती प्रदेशसभा बैठक अनिश्चित

    २०७९ माघ १८ गते, बुधबार ०८:५६

    सन्दिप लामिछानेको निलम्बन फुकुवा गर्ने पोखराबाट क्यानको निर्णय

    २०७९ माघ १८ गते, बुधबार ०८:४७
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

बागमतीमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव : कांग्रेस अझै अनिर्णीत

गोविन्द शर्मा तिमल्सिना२०७७ माघ ५ गते, सोमबार ११:२७ 3 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

मकवानपुर/ बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अझै अलमलमा देखिएको छ । प्रदेशमा नयाँ सरकार गठन वा पुरानैलाई निरन्तरता दिने, दुवै अवस्थामा निर्णायक मानिएको कांग्रेसले निर्णय नगर्दा सत्ता–समीकरणमा देखिएको अन्योल कायमै छ ।

सत्तारूढ नेकपा लगभग विभाजनको अवस्थामा पुगेपछि मुख्यमन्त्री पौडेलविरुद्ध आफ्नै दलको दाहाल–नेपाल समूहबाट प्रदेशसभामा मंसिर १० गते अविश्वासको प्रस्ताव दर्ता भएको थियो । यस्तो अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका मुख्यमन्त्री पौडेललाई टिकाउन होस् वा दाहाल–नेपाल पक्षकी अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीको कुर्सीमा पुर्‍याउन, कांग्रेसको साथविना सम्भव छैन । प्रदेशसभामा मुख्यमन्त्रीको पक्षमा ३४ मत छ ।

दाहाल–नेपाल समूहका ४५ सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । पौडेललाई अब प्रदेश सरकार टिकाउन आवश्यक थप २२ मत कांग्रेससँग छ । ४६ मत मात्र रहेको अर्को पक्षलाई पनि नयाँ सरकार बनाउन कांग्रेसको साथ आवश्यक पर्छ । वाग्मती प्रदेशसभामा १ सय १० जना सदस्य रहेकामा ५६ जनाले बहुमत पुग्छ । विवेकशील साझाका ३ जना, राप्रपाका २ जना, नेपाल मजदुर किसान पार्टीका २ जना र स्वतन्त्र सांसद एक जना छन् । साना दल सबै दाहाल–नेपाल समूहसँग मिले पनि प्रदेश सरकार गठन हुन सक्दैन ।

सत्तारूढ नेकपा औपचारिक रूपमा फुटिनसकेको अवस्थामा कांग्रेस कुन पक्षसँग जोडिने भन्ने दोधारमा परेको कांग्रेसका प्रदेशसभा सदस्यहरूको भनाइ छ । ‘नेकपा औपचारिक रूपमा विभाजन भइसकेको छैन । जसकारण गर्दा हामीलाई प्राविधिक रूपमा निर्णय गर्न कठिन भइरहेको छ’, कांग्रेस संसदीय दल सचिव निमा लामाले भने । संवैधानिक व्यवस्थाअनुसार अविश्वासको प्रस्ताव पारित भयो र कांग्रेसले सरकारमा जाने इच्छा देखाएन भने प्रदेशसभा विघटन हुने सम्भावना बलियो छ ।‘अविश्वासको प्रस्ताव पास भए तत्कालका लागि अर्को पक्षले सरकार गठन गर्ने दाबी गर्न सक्छ तर यसका लागि दल विभाजनको औपचारिक पत्र प्रदेशसभामा प्राप्त हुन जरुरी छ,’ उनले भने, ‘ दल विभाजन भई अर्को पक्षले प्रदेश सरकार गठन गरे पनि ६ महिनाभित्र विश्वासको मत प्राप्त गर्न पर्छ ।

कांग्रेसको साथविना यो पनि सम्भव छैन ।’ नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री पौडेल र अविश्वासको प्रस्ताव दर्ता गराएका दुवै समूहसँग छलफल भइरहेको बताए । ‘कांग्रेसले तत्काल निर्णय गर्दैन । केन्द्रीय समितिको बैठक माघ ६ गतेलाई तोकिएको छ । त्यहाँबाट आउने निर्णय र निर्देशनपश्चात् हामी बैठक बस्छौं’, उनले भने, ‘केन्द्रीय समितिको निर्देशन नदिएको खण्डमा माघ ७ गते बस्ने प्रदेशसभाको बैठकअगाडि हामी निर्णय गर्नेछौं । तत्कालीन अवस्था हेरेर सोहीअनुसार आफूअनुकुल निर्णय हुनेछ ।’

नेपाली कांग्रेसका सचेतक छिरिङदोर्जे लामाका अनुसार कांग्रेस अन्तिम समयसम्म पनि केन्द्रीय निर्णयको प्रतीक्षामा हुनेछ । ‘हामी पर्ख र हेरको अवस्थामै छौं । प्रतिनिधिसभा विघटन भएको अवस्थामा यस विषयमा पक्ष र विपक्षमा पार्टीभित्र बहस भइरहेको छ । त्यस कारण कुन पक्षसँग मिल्ने भन्ने विषय केन्द्रीय नेतृत्वको हातमा छ,’ उनले भने । उनका अनुसार दलहरूसँग परामर्शको जिम्मेवारी संसदीय दलका नेता बानियाँलाई दिइएको र केही दिनमा वार्ता टोली गठनको सम्भावना छ । ‘केन्द्रीय नेतृत्वको उपस्थितिमा दुवै समूहसँग औपचारिक छलफल गर्ने गरी वार्ता समिति बनाउने सम्भावना छ,’ उनले भने ।

अविश्वासको प्रस्ताव दर्ता गराएको दाहाल–नेपाल समूहले प्रदेश इन्चार्ज नारायण दाहाल, सह–इन्चार्ज अष्टलक्ष्मी शाक्य र प्रदेशसभा सदस्य सालिकराम जम्मकट्टेललाई अन्य दलसँग परामर्शको जिम्मेवारी तोकेको छ । ओली समूहबाट मुख्यमन्त्री पौडेल र मुख्य सचेतक केशवराज पाण्डेले कांग्रेस र साना दलहरूसँग परामर्श गरिरहेका छन् ।

(इकान्तिपुरका लागि सुवास विडारीले लेखेको समाचार हामिले साभार गरेका हौं ।)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन दर्ता आज

आज स्वस्थानी व्रत समापन गर्ने पूर्णिमा

प्रतिनिधिसभाको बैठक बस्दै

बागमती प्रदेशसभा बैठक बस्दै

राष्ट्र बैंकका प्रथम गभर्नर जबराको निधन

विजयी घोषणा गर्न माग गर्दै उमेश श्रेष्ठ आज निर्वाचन आयोग जाने

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :shubhabihanimg@gmail.com

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.