
प्रतिनिधिसभा विघटन विरुद्ध परेका रिटहरुमाथि आज पनि सुनुवाइ हुँदैछ ।
आइतबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा इजलासमा मुद्दाको सुनुवाइ भएकोमा वकिलहरुले बहस गर्ने क्रम जारी रहेकाले अदालतले लगातार सुनुवाइ हुने गरी हेर्दाहेर्दैमा राखेके थियो।


आइतबार रिट निवेदनकर्ताको तर्फबाट अधिवक्ताहरु भीमार्जुन आचार्य, बद्रीराज भट्ट, सुनील पोखरेललगायतले बहस गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरी आउँदो बैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गर्नुभएको थियो। सो निर्णयविरुद्ध सर्बोच्चमा १३ रिट निवेदन दर्ता भएका छन् ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1