• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेश सभा बैठक सुरु

    २०८० आश्विन १५ गते, सोमबार १६:२६

    बागमती प्रदेशसभाः दरबन्दी नै स्वीकृत नभएको पदमा बढुवा गर्दै प्रदेश सरकार

    २०८० आश्विन १४ गते, आईतवार १५:५७

    बिमा व्यवसाय ६८ प्रतिशतभन्दा बढी बागमती प्रदेशमा केन्द्रित

    २०८० आश्विन १४ गते, आईतवार १२:१३

    बागमती प्रदेशको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

    २०८० आश्विन १४ गते, आईतवार १२:०५

    ३५औ जिल्ला जुनियर/ युवा रेडक्रस गोष्ठी १३ बुदे घोषणापत्र जारी गर्दै सम्पन्न

    २०८० आश्विन १३ गते, शनिबार १८:४४
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

नेकपाका दुवै समूहको कांग्रेसलाई अफर– प्रदेश १ र वाग्मतीमध्ये एउटामा मुख्यमन्त्री

गोविन्द शर्मा तिमल्सिना२०७७ माघ ७ गते, बुधबार १६:३८ 3 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email


हेटौंडा । प्रदेश सरकार फेरबदलको कसरत चलिरहेका बेला नेकपाका दुवै समूहले कांग्रेसलाई प्रदेश १ र वाग्मतीमध्ये एउटामा मुख्यमन्त्री दिन सकिने भन्दै गठबन्धनको अफर गरेका छन् । नेकपाका दुवै समूहले मुख्यमन्त्री भागबन्डा गरेर गठबन्धन गर्न औपचारिक प्रस्ताव गरे पनि कांग्रेसले नेताहरूबीच सहमति नहुँदा निर्णय गर्न सकेको छैन ।

नेकपाको केपी शर्मा ओली पक्षका मुख्यमन्त्रीलाई हटाउन प्रदेश १ र वाग्मतीमा नेकपाकै पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहका सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराएपछि दुवै पक्षले कांग्रेसलाई मनाउने कसरत जारी राखेका छन् । दाहाल–नेपाल समूह दुइटा प्रदेशमध्ये एउटामा कांग्रेसलाई मुख्यमन्त्री दिन तयार भएपछि ओली समूहले पनि त्यस्तै ‘ग्रिनसिग्नल’ दिएको छ ।

दुवै समूहको प्रस्तावमा कारण कांग्रेसमै अन्योल खडा भएको छ । सभापति शेरबहादुर देउवाले दाहाल–नेपाल समूहसँगभन्दा ओली नेतृत्वको नेकपासँग गठबन्धन बनाउन चाहिरहेकाले कांग्रेसले औपचारिक निर्णय लिन सकेको छैन । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, महामन्त्री शशांक कोइरालासहितका संस्थापनइतरका नेताहरूले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक भनेर विरोध प्रदर्शन गरिरहेकै बेला उक्त समूहसँगै गठबन्धन गर्दा राम्रो सन्देश नजाने बताउँदै आएका छन् । सभापति देउवा सोमबार कांग्रेसका वरिष्ठ नेता पौडेलसँग प्रदेश सरकारलगायतका मुद्दामा समझदारी जुटाउन बोहराटारस्थित उनकै निवास पुगेका थिए ।

पौडेलसहितको संस्थापन इतर पक्षले ओलीभन्दा दाहाल–नेपाल समूहसँगको गठबन्धन प्राकृतिक हुने बताउँदै आएको छ । शक्तिमा रहेका ओलीभन्दा दाहाल–नेपाल समूहसँग मिल्दा पार्टीका लागि पनि बढी लाभ हुने बुझाइ संस्थापनइतर नेताहरूको छ । महामन्त्री कोइरालाले नेकपाभित्र ओली समूह बलियो भएकाले पनि दाहाल–नेपाल समूहसँगकै गठबन्धनमा जानुपर्ने आफूहरूको सुझाव रहेको बताए । पुस २४ र माघ २ मा सभापतिसँग भएका भेटमा पनि आफूले त्यहीं सुझाव दिएको उनले जानकारी दिए । ‘प्रदेश सरकार गठबन्धन र पार्टी महाधिवेशनको प्रक्रियाका लागि अड्किएका विषयमा छलफल गर्न सभापतिजीले बोलाउनुभएकाले म निवासमै गएको हुँ,’ कोइरालाले भने, ‘सभापतिजीको झुकाव ओलीजीसँग भएको हो कि जस्तो देखियो । हामीले प्रदेश सरकारमा गठबन्धन गर्ने विषयमा दाहाल–नेपाल समूहसँग मिल्नुपर्छ भन्यौं ।’ सोमबार आफ्नै निवासमा आएका सभापति देउवालाई वरिष्ठ नेता पौडेलले पनि यही सुझाएका थिए ।

दाहाल–नेपाल समूहका नेताहरूसँग कांग्रेसका दोस्रो पुस्ताका नेताहरूले प्रदेश सरकारका विषयमा अनौपचारिक छलफल गरिरहेका छन् । छलफलमा सहभागी एक नेताका अनुसार वाग्मती प्रदेशमा कांग्रेसले मुख्यमन्त्री लिएर प्रदेश सरकारमा दाहाल–नेपाल समूहसँग गठबन्धन गर्नेबारे छलफल केन्द्रित भएको छ । कांग्रेसले प्रदेश १ भन्दा वाग्मती प्रदेशको मुख्यमन्त्री चाहेको छ । संसदीय दलका नेता इन्द्र बानियाँ सभापति देउवानिकट हुन् । उनलाई मुख्यमन्त्री बनाउँदा देउवा पनि खुसी हुने र दाहाल–नेपालको गठबन्धन पनि बन्ने बुझाइ संस्थापन इतरपक्षीय नेताहरूमा छ ।

दाहाल–नेपाल समूहका नेता झलनाथ खनालले दुईवटा प्रदेश सरकार निर्माणका विषयमा कांग्रेससँग छलफल चलिरहेको बताए । ‘मुख्यमन्त्रीकै विषयमा कुरा पुगिसकेको छैन । अहिले छलफलकै चरणमा छौं । कांग्रेसलाई सहयोग गर्नुहोस् भनेका छौं । कुरा टुंगिसकेको छैन,’ उनले कान्तिपुरसँग भने, ‘कांग्रेसको प्रस्ताव कस्तो आउँछ हेरौं । कांग्रेसले ल्याउने प्रस्तावमा छलफल गर्न खुला छौं ।’

कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले भने नेकपाभित्र सांसदहरू तानातान गर्ने क्रम भइरहेका बेला कांग्रेसले अहिल्यै निर्णय लिन उपयुक्त नहुने बताए । नेकपाका दुवै पक्षले मुख्यमन्त्री दिन सक्ने संकेत गर्दै उनले मतदानको बेला आएपछि मात्रै कांग्रेसले निर्णय लिने जानकारी दिए । महामन्त्री कोइरालाले भने सभापति देउवाले समझदारी जुटाउन चाहिरहेकाले केही दिनमा निर्णय हुन सक्ने बताए । इकान्तिपुरबाट यो समाचार साभार गरिएको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

गृहमन्त्री हेटौंडा आएकै बेलामा घुमुवा प्रहरीले मच्याए उत्पात, प्रहरी कार्यालयभित्रै महिलाको मृत्यु

पार्टीमा १० वर्ष ओलीको विकल्प छैन : गुरुङ

बागमती प्रदेश सभा बैठक सुरु

आममाफीकाे जसअपजसको भागी सरकार नै हुनुपर्छ : राष्ट्रपति पाैडेल

शेयर मार्केटलाई स्वस्थकर बनाउन जरुरी छ : अर्थमन्त्री महत

प्रचण्डद्वारा पदाधिकारी बैठकको आह्वान

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :[email protected]

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.