
मकवानपुर- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री कमल थापाले अस्थिरता, अराजकता बढाउने काम कोहि कसैबाट हुन नहुने बताउनु भएको छ ।
मकवानपुर जिल्लाको विभिन्न स्थानमा भएका अगुवा कार्यकर्ता भेलामा सम्बोधन गर्दै अध्यक्ष थापाले सो कुरा भन्नु भएको हो । आज मकवानपुरगढी गाउँपालिका वडा नं ५ र हेटौंडा उपमहानगरपालिकाको वडा नं २ मा अगुवा कार्यकर्ता भएको हो ।
अस्थिरता बढे प्रजातन्त्र धरापमा पर्छ, बिदेशी चलखेल बढ्छ र परिस्थिति राजनीतिक दल र नेताहरूको नियन्त्रणबाट बाहिर जान्छ भन्दै विगतमा झैँ राजालाई घुर्की लगाएर सत्ता पाउने अवस्था अहिले नभएको थापाले बताउनुभयो ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1