
मकवानपुरगढी- मकवानपुरगढी गाउँपालिकामा किसान क्रेडिट कार्ड लागु गर्ने तयारी थालिएको छ । सोही अनुसार आज (आइतबार) अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न भएको छ ।
बित्तिय पहुँचमा पुग्न नसकेका साना किसानहरुलाई किसान क्रेडिट कार्ड मार्फत सरल र सुलभ तरिकाबाट कृषि कर्जामा पहुँच पुर्याउने उदेश्यले विभिन्न सरोकारवालाहरुको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको हो ।
आर.एण्ड डि. ईनोभेटिभ सोलुशन प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत सुनिता न्हेमाफुकी र मकवानपुरगढी गाउँपालिकाका कृषि अधिकृत चन्द्रकान्त चौधरीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।
मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईको सभाध्यतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी, वडा न. ३ का वडाध्यक्ष श्री भागवत घिमिरे, पशु शाखा प्रमुख सत्यनारायण साह, मेगा बैक लि. हेटौडा शाखाका प्रमुख माधवी बोसको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विभिन्न दुग्ध उत्पादक सहकारी संस्था र साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष तथा प्रतिनिधी र कृषकहरुको सहभागीता रहेको कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताउनुभयो ।
