• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेश सभा बैठक सुरु

    २०८० आश्विन १५ गते, सोमबार १६:२६

    बागमती प्रदेशसभाः दरबन्दी नै स्वीकृत नभएको पदमा बढुवा गर्दै प्रदेश सरकार

    २०८० आश्विन १४ गते, आईतवार १५:५७

    बिमा व्यवसाय ६८ प्रतिशतभन्दा बढी बागमती प्रदेशमा केन्द्रित

    २०८० आश्विन १४ गते, आईतवार १२:१३

    बागमती प्रदेशको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

    २०८० आश्विन १४ गते, आईतवार १२:०५

    ३५औ जिल्ला जुनियर/ युवा रेडक्रस गोष्ठी १३ बुदे घोषणापत्र जारी गर्दै सम्पन्न

    २०८० आश्विन १३ गते, शनिबार १८:४४
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

कोरोना खोपको शुभारम्भ १४ गते, फ्रन्टलाइनरपछि वृद्धाश्रम र जेल प्राथमिकतामा

गोविन्द शर्मा तिमल्सिना२०७७ माघ १२ गते, सोमबार ११:१३ 3 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडौं / कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप १४ गते बुधबारदेखि लगाइने भएको छ । पहिलो चरणमा ४ लाख ३० हजारलाई खोप दिइनेछ ।

भारत सरकारले हालै मात्र १० लाख डोज कोरोना खोप ‘कोभिसिल्ड’ नेपाललाई अनुदानमा उपलब्ध गराएको छ । त्यही खोप १४ गते बुधबार १० बजे लगाउन सुरु गरिने स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले अभियानको उद्घाटन गर्नेछन् र सात प्रदेश र काठमाडौं उपत्यकाका ६२ वटा अस्पताल भर्चुअल माध्यमबाट जोडिनेछन् । १८ गतेभित्र ७७ जिल्लाका ३०० भन्दा बढी केन्द्रमा खोप पुग्नेछ र अभियान सुरु भएको १० दिनभित्र पहिलो चरणको खोप अभियान सुरु हुनेछ ।

मन्त्री त्रिपाठीका अनुसार पहिलो चरणमा फोहोरमैला व्यवस्थापनमा खटिने फोहोर संकलक र चालक, एम्बुलेन्स तथा शवबाहनका चालक सहचालक, प्रत्यक्ष उपचार सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी, स्वयंसेवक, शव व्यवस्थापनमा खटिएकाहरु, स्वास्थ्य स्वयंसेवक, अन्तर्राष्ट्रिय प्रवेश विन्दुमा कार्यरत स्वास्थ्यकर्मी र स्वयंसेवकलाई खोप दिइनेछ ।

१० प्रतिशतसम्म खोप खेर जाने मन्त्रालयको अनुमान छ । १० प्रतिशत खोप खेर नगए करिब करिब पौने ५ लाख फ्रण्टलाइनरलाई पहिलो चरणमै खोप दिनसक्ने मन्त्रालयको आकलन छ ।

त्यसो भएको खण्डमा जेलमा रहेका कैदीबन्दी र वृद्धआश्रममा रहेका वृद्दहरुलाई खोप दिने योजना बनाएको स्वास्थ्य मन्त्रालयको प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार काठमाडौं उपत्यकामा ११ वटा बुथबाट खोप अभियान सुरु हुनेछ । त्यसको लागि कोभिड अस्पताल र मेडिकल कलेज तोकिएको छ । ‘अहिले नै यो यो अस्पताल र मेडिकल कलेजमा बुथ बनाउने भनेर तोकिसकेको छैन्’ डा. गौतम भन्छन्, ‘तर कोभिडविरुद्ध उपचार गरेका अस्पतालमा बुथ बनाउन प्राथमिकतामा राखिनेछ ।’

निजी अस्पतालको फ्रन्टलाइनरलाई खोप दिएतापनि खोप लगाउने बुथ नराखिने डा. गौतम बताउँछन् । उनका अनुसार टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल सरुवा रोग अस्पताल, महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल, भक्तपुरस्थित भक्तपुर अस्पताल, थापाथलीस्थित प्रसुती गृह, बलम्बुस्थित एपीएफ अस्पताल, ललितपुरस्थित पाटन अस्पताल, वीर अस्पताल र केही मेडिकल कलेजमा खोप लगाउने बुथ राख्नको लागि तयारी गरिएको छ ।

एउटा खोप बुथले एक दिनमा १२० देखि १२५ जनालाई खोप दिनसक्ने डा. गौतम बताउँछन् । मन्त्रालयले १८ बर्षमाथिका व्यक्तिले मात्रै खोप पाउने, खोप लिनुअघि आधा घण्टा खोपको सम्भावित असर तथा प्रभावका बारेमा जानकारी गराउने र खोप लगाइसकेपछि आधा घण्टासम्म त्यही केन्द्रमा रहनुपर्ने नियम बनाएको छ ।

आइतबार नै स्वास्थ्य सेवा विभागबाट विभिन्न प्रदेशमा ४ लाख ५० हजार थान खोप लिएर विभागको भ्यान गइसकेको छ । विभागले जोखिमयुक्त क्षेत्रमा काम गर्ने चार लाख ३० हजार कर्मचारीको सूची तयार गरेको थियो । यो सूचीमा केही घटबढ हुन सक्नेछ । सोही कारण ४ लाख ५० हजार डोज खोप पहिलो चरणमा पठाएको व्यवस्थापन महाशाखाको प्रमुख डा. भिमसिंह तिंकरी बताउँछन् । ( अनलाइन खबरबाट )

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

गृहमन्त्री हेटौंडा आएकै बेलामा घुमुवा प्रहरीले मच्याए उत्पात, प्रहरी कार्यालयभित्रै महिलाको मृत्यु

यौन दुर्व्यवहारमा कारबाही सिफारिस गरिएका एसएसपीले दिए राजीनामा

स्थानीय तहका कर्मचारीले थाले आन्दोलन

चुरिमाई मन्दिर नजिक सवारी दुर्घटना हुँदा नौ जान यात्रु घाइते

अनमोल केसीलाई आज अदालतमा उपस्थित गराइँदै

निगमले पेट्राेलियम पदार्थकाे मूल्यवृद्धि फिर्ता लियाे, आज रातिदेखि लागू हुने

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :[email protected]

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.