• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेशका किसानले यो वर्ष दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान पाउने

    २०७९ माघ १७ गते, मंगलवार १८:३६

    ‘पढाइ, कमाइ र दबाइ’ अभियान सुरु गर्छौँ : मुख्यमन्त्री रावल

    २०७९ माघ १७ गते, मंगलवार ११:२७

    बिकासको लागि शिक्षा अपरिहार्य : सामाजिक विकास मन्त्री मोक्तान

    २०७९ माघ १५ गते, आईतवार २२:४४

    बाग्मती प्रदेश : मन्त्रालयका वेबसाइटमा मन्त्री एक जना, नाम र फोटो अर्कैकाे

    २०७९ माघ १५ गते, आईतवार ११:३२

    हेटौंडा महोत्सवमा मकवानपुरगढीका स्थानीय एवम रैथानेबालीको प्रदर्शनी तथा बिक्री

    २०७९ माघ ११ गते, बुधबार २०:२६
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

अम्बानीको १ घण्टाको कमाई बराबर कमाउन भारतीय एक श्रमिकलाई १० हजार वर्ष लाग्नेछ : रिपाेर्ट

गोविन्द शर्मा तिमल्सिना२०७७ माघ १२ गते, सोमबार १५:२७ 3 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

कोरोना महामारीले एकातर्फ गरीबहरु मारमा परेका छन् भने अर्कातर्फ भारतका सबैभन्दा धनी व्यक्तिहरुले यसबीचमा राम्रो आम्दानी गरेका छन् । अक्सफ्यामको नयाँ रिपोर्ट अनुसार कोरोना महामारीले भारतमा असमानतालाई बढाएको छ ।

‘द इनइक्वालिटी भाइरस’ नामको उक्त रिपोर्टमा महामारीकाबीच भारतका सबैभन्दा धनी अरबपतिहरुको सम्पत्ति ३५ प्रतिशतले बढेको छ ।

अम्बानीको १ घण्टाको कमाई बराबर कमाउनका लागि एक श्रमिकलाई लाग्नेछ १० हजार वर्ष

रिपोर्टका अनुसार कोरोना महामारीकाबिच रिलायन्स इंडस्ट्रिजका मुकेश अम्बानीले एक घण्टामा कमाउने रकम कमाउनकालागि एक श्रमिकलाई १० हजार वर्ष लाग्नेछ । यस्तै अम्बानीको १ सेकेण्डको कमाईसम्म पुग्नका लागि पनि ३ वर्ष लाग्नेछ । सन् २०२० मार्चपछि मुकेश अम्बानीसँगसँँगै भारतका कुल १०० अरबपतिहरुको सम्पत्तिमा लगभग १३ लाख करोड भारतिय रुपैयाँको बढोत्तरी भएको छ । १४ करोड गरिब भारतिय नागरिकहरुलाई यदि यो रकम बाँडिएमा हरेकको भागमा ९४ हजार ४५ भारतिय रुपैयाँ आउनेछ ।

प्रत्येक घण्टामा १.७ लाख व्यक्तिहरु बेरोजगार

सन् २०२० मा केहि व्यक्तिहरु आर्थिक संकटका बाबजुद पनि धनी बने । तर अप्रिल महिनामा प्रत्येक घण्टा १.७ व्यक्तिहरुले राजगारी गुमाएका छन् । रिपोर्टका अनुसार कोरोना महामारीका कारण १२.२ करोड कर्मचारीहरुले आफ्नो जागिरबाट निकालिनुपरेको हो । जसमध्ये ७५ प्रतिशत वा करिब ९.२ करोड व्यक्तिहरु असंगठित क्षेत्रका छन् ।

यसैगरी भारतमा भोकमरी,आत्महत्या, सडक र रेल दुर्घटना, पुलिसको क्रुरता र समयमा उपचार नपाउनका कारण ३०० भन्दा बढि असंगठित क्षेत्रका मजदुरहरुको मृत्यु भएको छ । अक्सफ्यामले बताए बमोजिम भारतको राष्ट्रिय मानव अधिकार आयोगले अप्रिल २०२०सम्म मानव अधिकारको उल्लंघनका दुई हजार ५८२ भन्दा धेरै केसहरु दर्ता गरेको थियो ।

लकडाउनमा भारतीय अरबपतिहरुको सम्पत्ति ३५ प्रतिशतले बढ्यो

फोर्ब्सको २०२० अरपतिहरुको सूचीमा सबैभन्दा धनी व्यक्तिहरुको तथ्यांक सार्वजनिक भएको अक्सफ्याम बताउँछ । कोभिड १९ का कारण जारी गरिएको लकडाउनको समयमा भारतिय अरबपतिहरुको सम्पत्ति ३५ प्रतिशतले बढेको छ । सन् २००९ पछि यी अरबपतिहरुको सम्पत्ति ९० प्रतिशतले वृद्धि भई ४२२.९ बिलियन पुगेको हो । यसरी अमेरिका, चीन, जर्मनी, रसिया र फ्रान्सपछि भारतले छैठौं स्थान ओगटेको छ ।

लकडाउनको आम्दानीले भारतीय स्वास्थ्य मन्त्रालय १० वर्ष संचालन गर्न सकिने

कोरोना महामारीको समयमा भारतका ११ शिर्ष अरबपतिहरुको सम्पत्तिको बढोत्तरीले रााष्ट्रिय ग्रामीण रोजगार ग्यारेण्टी योजना वा स्वास्थ्य मन्त्रालयलाई १० वर्षसम्म संचालन गर्न सकिने पनि उक्त रिपोर्टले उल्लेख गरेको छ ।

संसारभरमा गरिबहरुको संख्या ५० करोड पुग्यो

संसारभरका एक हजार अरबपतिहरुमा गरिएको यस सर्वेक्षणको रिपोर्टमा बताइएको छ, संसारभरमा सन् २०२०को मार्च १८ देखि डिसेम्बर ३१ सम्ममा यी अरबपतिहरुको सम्पत्ति ३.९ ट्रिलियन डलरले वृद्धि भएको छ । सोहि अवधिमा संसारका पहिला १० अरबपतिहरुको सम्पत्ति ५४० बिलियन डलरले बढेको छ । तर यसै समयमा महामारीको चापमा परेका कैयन् मानिसहरुले रोजगारी गुमाएका छन् र धेरै मानिस भोकमरीको मारमा परेका छन् । यस अवधिमा संसारभर गरिबीकाे रेखा मुनि हुने मानिसहरुको संख्या ५० करोड पुगेको अनुमान गरिएको छ ।

नि:शुल्क भ्याक्सिन दिनकालागि ९ महिनाको आम्दानी पर्याप्त

रिपोर्टका अनुसार कोरोना भाइरसको सुरुवातपछि संसारका सबैभन्दा धनी १० अरबपतिहरुले कमाएको सम्पत्तिले संसारमा हरेक मानिसलाई गरिबीबाट बचाउन सकिनेछ भने एक कोभिड १९ भ्याक्सिन निशुल्क उपलब्ध गराउन सकिन्छ । रिपोर्टमा थप भनिएको छ, संसारमा मानवतासँग गरिबीबाट बाहिरने अन्य कुनै स्थायी समाधान नभएको कोरोना भाइरसले प्रमाणित गरिदिएको छ । यस संकटमा अरबपतिहरुका सम्पत्तिलाई लाखौं मानिसहरुको जीवन र अरबौं रोजगारी बचाउनकालागि प्रयोग गर्नुपर्दछ । (मेेेरो लगानीबाट)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

बागमती प्रदेशका किसानले यो वर्ष दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान पाउने

सभापति लामिछानेविरुद्ध परेको जाहेरी दर्ता गर्न प्रहरीद्वारा अस्वीकार

स्वास्थ्यमा कुनै ‘कम्प्रमाइज’ नगर्नुस् : राज्यमन्त्री कार्की

सर्वाेच्च अदालतबाट पूर्ण पाठ आएपछि मात्रै गृह मन्त्रालयबारेमा निर्णय हुन्छ : प्रधानमन्त्री

कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्छ : विश्वप्रकाश शर्मा

विद्युत् आयोजनाले मापदण्डको ख्याल नगर्दा सोलु खोला बगरमा परिणत

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :shubhabihanimg@gmail.com

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.