• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेशका किसानले यो वर्ष दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान पाउने

    २०७९ माघ १७ गते, मंगलवार १८:३६

    ‘पढाइ, कमाइ र दबाइ’ अभियान सुरु गर्छौँ : मुख्यमन्त्री रावल

    २०७९ माघ १७ गते, मंगलवार ११:२७

    बिकासको लागि शिक्षा अपरिहार्य : सामाजिक विकास मन्त्री मोक्तान

    २०७९ माघ १५ गते, आईतवार २२:४४

    बाग्मती प्रदेश : मन्त्रालयका वेबसाइटमा मन्त्री एक जना, नाम र फोटो अर्कैकाे

    २०७९ माघ १५ गते, आईतवार ११:३२

    हेटौंडा महोत्सवमा मकवानपुरगढीका स्थानीय एवम रैथानेबालीको प्रदर्शनी तथा बिक्री

    २०७९ माघ ११ गते, बुधबार २०:२६
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

‘ब्रोइलर’हरूद्वारा सडक आन्दोलन, एनजिओ–आइएनजिओका मान्छेहरूको घुसपैठ

गोविन्द शर्मा तिमल्सिना२०७७ माघ १३ गते, मंगलवार १३:११ 2 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडौं / काठमाडौंको सडकमा कथित ‘वृहत् नागरिक आन्दोलन’का नाममा प्रदर्शन शुरु भएको छ । २०–२५ जनाको संख्यामा नागरिक आन्दोलनको नाममा देखिएका अधिकांश अनुहारहरू एनजिओ, आईएनजिओ र प्रचण्ड–माधव समूह निकट देखिएका छन् ।
अपवादलाई छाड्ने हो भने नागरिक समाजका नाममा सडकमा देखिएका अनुहार एनजिओ र आईएनजिओसँग निकट रहेका छन् । नागरिक आन्दोलनको अगाडि दिएका युग पाठक एनजिओ र आइएनजिओका साथै प्रचण्ड निकट मानिन्छन् ।

उनीसँग नागरिक आन्दोलनमा देखिएका चर्चित अनुहार रघुजी पन्तको छ । पन्त नेकपा ‘प्रचण्ड–माधव’ समूहका स्थायी समिति सदस्य हुन् । प्रधानमन्त्री केपी ओलीका कट्टर आलोचक खगेन्द्र संग्रौलापनि एनजिओ र जातिवादी आन्दोलनका रक्षक हुन् ।
मधेस मिडिया हाउसका सञ्चालक एवम् वुद्धिजीवी राजेश अहिराजले कथित नागरिक समाजको आन्दोलनलाई ब्रोइलर कुखुराको संज्ञा दिएका छन् । ‘ब्रोइलर नागरिक समाजले लोकल हित रक्षा गर्न सक्दैन’, अहिराजले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

नागरिक आन्दोलनका नाममा घुस पैठ भएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ ।
प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेको भन्दै सबैले आलोचना गरेका छन् । संसद विघटनको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको छ ।

यस्तो अवस्थामा अदालतलाई समेत प्रभावमा पार्ने गरेर कथित वृहत नागरिक आन्दोलनका नाममा एनजिओ र आईएनजिओमा संलग्न अनुहारहरूले सडकमा उत्पात मच्चाएको आरोप छ । पश्चिमा राष्ट्रहरूको लगानी रहेका एनजिओ र आईएनजिओको उक्साहटमा कथित नागरिक आन्दोलनले सडकमा उत्रिएर प्रदर्शन गरेको भन्दै आलोचना हुन थालेको छ ।

वृहत नागरिक आन्दोलनका नाममा सडकमा देखिएका अनुहारहरू एनजिओ र आईएनजिओ तथा जातीय आन्दोलनमा सहभागी भएर देशमा उथलपुथल ल्याउनेहरू रहेको आरोप छ । घाइते भनेर दिइएका नामहरूमा संघर्ष दाहाल, कुमार बर्तौला, सिएन थारु, स्वर्णिम दिनेश, राम नरेश यादव, प्रध्यापक रमेश भट्टराई, निर्गराज जैसी, जनक ढुंगाना, सुरज तामाङ, कुलदीप शर्मा, सुनिल श्रेष्ठ, गोविन्द भण्डारीलगायतका व्यक्तिहरू रहेका छन् ।

आन्दोलनमा सहभागी हुनेहरूमा डा.गोविन्द केसी, खगेन्द्र संग्रौला, मोहना अन्सारी, नारायण वाग्ले, प्रवीण कोयू, प्रदीप देवानलगायत रहेका छन् ।
एनजिओ र आईएनजिओमा आवद्ध कथित वृहत नागरिक आन्दोलनले तेस्रो जनआन्दोलनको घोषणा गरेका छन् ।

पश्चिमा राष्ट्रहरू र जातीय आन्दोलनलाई बढावा दिएर विगतमा उथलपुथल ल्याएकाहरूबाट प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको विरोध गर्ने कार्यमाथि विभिन्न खालका आशंकाहरू उब्जाइदिएको छ ।

कथित नागरिक आन्दोलनको बहानामा भएको सोमबारको सडक प्रदर्शनमा प्रदर्शनकारीभन्दा धेरै सञ्चारमाध्यमका सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
प्रचण्ड समर्थक रहेको आरोप खेप्दै आएका युग पाठकद्वारा सोमबार जारी प्रेस विज्ञप्तिमा रहेका अधिकांश व्यक्तिको नामहरू एनजिओ र आईएनजिओसँग जोडिएकाहरू रहेका छन् । (दैनिक नेपालबाट)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

बागमती प्रदेशका किसानले यो वर्ष दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान पाउने

सभापति लामिछानेविरुद्ध परेको जाहेरी दर्ता गर्न प्रहरीद्वारा अस्वीकार

स्वास्थ्यमा कुनै ‘कम्प्रमाइज’ नगर्नुस् : राज्यमन्त्री कार्की

सर्वाेच्च अदालतबाट पूर्ण पाठ आएपछि मात्रै गृह मन्त्रालयबारेमा निर्णय हुन्छ : प्रधानमन्त्री

कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्छ : विश्वप्रकाश शर्मा

विद्युत् आयोजनाले मापदण्डको ख्याल नगर्दा सोलु खोला बगरमा परिणत

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :shubhabihanimg@gmail.com

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.