
हेटौंडा/ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु ) मकवानपुर जिल्ला कमिटीको सपथग्रहण तथा विषयगत प्रशिक्षण कार्यक्रम मंगलबार हेटौंडामा भएको छ ।
अनेरास्ववियू मकवानपुरका संयोजक किसन घिसिङको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ लगाएत अनेरास्ववियुका केन्द्रिय सदस्यहरुको उपस्थिती रहेको थियो । नेकपाका अध्यक्ष केपि शर्मा ओलि निकट अनेरास्ववियु मकवानपुरका ८१ जना पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेको अनेरास्ववियु मकवानपुर संयोजक घिसिङले बताए ।
जिल्ला कमिटीका पदाधीकारी तथा सदस्यहरुलाई नेकपा केन्द्रिय सदस्य तथा अनेरास्ववियू केन्द्रिय कार्यलय टिम सदस्य महेश बर्तौलाले सपथ ग्रहण गराएका थिए ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1