• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    हेटौंडामा प्रादेशिक संरचना निर्माणको काम यसै वर्षबाट सुरु हुन्छः मुख्यमन्त्री जम्कट्टेल

    २०८० मंसिर १४ गते, बिहीबार १५:४७

    दुग्ध सहकारी संघहरुले प्रदेश कृषि मन्त्रीलाई बुझाए ज्ञापनपत्र

    २०८० मंसिर ७ गते, बिहीबार २१:२८

    बागमती प्रदेश लोकसेवा आयोगको ४ वर्ष : विभिन्न पदमा ७१३ कर्मचारी नियुक्त

    २०८० मंसिर ६ गते, बुधबार १२:२३

    कोशी प्रदेशमा डेरी उद्योगको मनोमानी,सरकारी निर्णयको बर्खिलापमा निर्णय

    २०८० कार्तिक २५ गते, शनिबार २१:५०

    टिभिएसका दुई नयाँ मोडलका मोटरसाईकल र स्कुटर सार्वजनिक

    २०८० कार्तिक २४ गते, शुक्रबार १७:५८
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

बागमती प्रदेशमा कोरोना खोप अभियान शुरु, मुख्यमन्त्रीद्वारा अभियानको शुरुआत

गोविन्द शर्मा तिमल्सिना२०७७ माघ १४ गते, बुधबार १४:०३ 2 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

हेटौंडा / बागमती प्रदेशको राजधानी हेटौंडामा कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोपको शुभारम्भ गरिएको छ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत हेटौंडा अस्पतालमा भएको उद्घाटन कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रविण श्रेष्ठलाई खोप हस्तान्त्रण गर्दै प्रदेशका १३ वटै जिल्लामा एकैसाथ कोरोनाविरुद्धको खोप अभियान सुरु गरिएको हो।
कोरोना विरुद्धको पहिलो खोप हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रविण श्रेष्ठले लगाउनु भएको छ ।


कार्यक्रममा मुख्यमन्त्री पौडेलले सरकारले विश्वका अन्य धेरै मुलुकभन्दा पहिले नेपालमा भ्याक्सिन ल्याएर जनताको स्वास्थ्यमा चासो राखी कार्य गरिरहेको जानकारी दिनुभयो ।
सरकारको अथक प्रयासपछि जनतालाई कोरोनाविरुद्धको लडाइँ जिताउन सुरु गरेको उहाले बताउनु भयो ।

प्रदेशका १३ जिल्लाका लागि ३५ केन्द्रबाट कोरोना भाइरसविरुद्धको खोप लगाइने प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तम सेढाईँले जानकारी दिए । खोप लगाउँदा खोप कार्ड दिने र ३ समूहमा विभाजन गरेर खोप दिने उहाले बताउनु भयो ।


पहिलो समूहमा फोहोर संकलक र चालक, एम्बुलेन्स तथा शव बाहनका चालक र सहचालक, प्रत्यक्ष उपचार सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी, स्वयंसेवक, शव व्यवस्थापनमा खटिएकाहरू, स्वास्थ्य स्वयंसेवक, अन्तर्राष्ट्रिय प्रवेश विन्दुमा कार्यरत स्वास्थ्यकर्मी र स्वयंसेवकलाई खोप दिइने छ । यस्तै दोस्रो समूहमा ४० वर्षभन्दा माथि रोग लागेको समूह र तेस्रो समूहमा जोखिममा रहेका १८ वर्षभन्दा माथिका युवालाई खोप दिइने सामाजिक विकास मन्त्रालयले जनाएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

वडा मै पुगेर योजना सम्झौता गर्दै मकवानपुरगढी गाउँपालिका

मकवानपुरगढी गाउँपालिकामा जग्गा भाडामा लिएर खेती गर्नेलाई अनुदान

हेटौंडामा प्रादेशिक संरचना निर्माणको काम यसै वर्षबाट सुरु हुन्छः मुख्यमन्त्री जम्कट्टेल

 नेपालमै पहिलो समलिंगी विवाह दर्ता 

विवाह गर्दै श्रृंखला खतिवडा

मकवानपुरगढी-२ धवाडी पुलमा मोटरसाइकल दुर्घटना, २ जनाको घटनास्थलमा नै मृत्यु

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :[email protected]

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.