
सर्बोच्च अदालतमा विचाराधीन मुद्धा प्रभावित हुनेगरी वक्तव्यबाजी गर्ने चार पूर्वप्रधानन्यायाधीशविरूद्ध अदालतको अपहेलना गरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा परेको छ।
पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरूद्ध अदालतको अपहेलना मुद्धा दर्ता भएको सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिनुभयो।
अधिवक्ता लोचन भट्टराई र धनजीत बस्नेतले उहाँहरु विरुद्ध मुद्धा दर्ता गर्नुभएको हो । रिट निवेदकले यी चार पूर्वप्रधानन्यायाधीशहरूले अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरी विज्ञप्ति निकालेर अदालतको अपहेलना गरेको जिकिर गरेका छन्।
चार पूर्वप्रधानन्यायाधीशले पुस २४ गते विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन निर्णयलाई असंवैधानिक भनेका थिए।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1