
हेटौंडा / ‘विजय युथ हेटौंडा गोल्डकप’ फुटबल प्रतियोगिता शुक्रबारबाट हेटौंडामा सुरु हुने भएको छ ।
फरेष्ट्री क्याम्पस हेटौंडा-१० को खेल मैदानमा सुरु हुने खेलको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन खेल भोलि दिउँसो ३ बजे मकवानपुर-११ र सेन्ट्रल कलेज विएसी भरतपुर बिच हुने आयोजक विजय युथ क्लबका अध्यक्ष सुदीप राजबाहकले जानकारी दिनुभयो ।
प्रतियोगिताको फाईनल खेल २३ गते हुने आयोजकले जनाएको छ । खेल मैदान प्रवेश शुल्क प्रतिव्यक्ति ५० रुपँया टिकट राखिएको समेत आयोजकले जनाएको छ ।
प्रतियोगितामा विजेताले नगद ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् भने विधागतरुपमा उत्कृष्ट हुने गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड तथा प्रशिक्षकले जनही नगद पाँच–पाँच हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताका लागि करिब २५ लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ । प्रतियोगितामा मोफासलका १० टोलीको सहभागिता रहेको छ ।