
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावको तयारीमा निर्वाचन आयोग लागिसकेकाले १ दिन पनि पर नसर्ने बताएका छन् ।
सोमबार धनुषाको ढल्केबरमा विद्युतको सब–स्टेसन उद्घाटनपछि आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने,‘चुनावको तयारीमा लागिहाल्नुस । तोकिएकै समयमा चुनाव हुन्छ । एकदिन पनि पर सर्दैन ।’
आफूलाई मधेसविरोधी भनेर प्रचार गरिएकोमा पनि चित्त दुखाएका ओलीले आफुले नै मधेसमा बाटो, ढल र सिंचाइ बनाएको बताए । तराईमा सिंचाइ गर्न पहाड छेडेर कोसी ल्याउल लागेको उनले बताए । पार्टीभित्र उपद्रो गर्नेहरु अलग भएको उनको भनाई थियो ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1