• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेश सभा बैठक सुरु

    २०८० आश्विन १५ गते, सोमबार १६:२६

    बागमती प्रदेशसभाः दरबन्दी नै स्वीकृत नभएको पदमा बढुवा गर्दै प्रदेश सरकार

    २०८० आश्विन १४ गते, आईतवार १५:५७

    बिमा व्यवसाय ६८ प्रतिशतभन्दा बढी बागमती प्रदेशमा केन्द्रित

    २०८० आश्विन १४ गते, आईतवार १२:१३

    बागमती प्रदेशको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

    २०८० आश्विन १४ गते, आईतवार १२:०५

    ३५औ जिल्ला जुनियर/ युवा रेडक्रस गोष्ठी १३ बुदे घोषणापत्र जारी गर्दै सम्पन्न

    २०८० आश्विन १३ गते, शनिबार १८:४४
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

रामकुमारी झाँक्रीलाई राष्ट्रपतिकी छोरीको प्रश्नः मेरी आमाको सारीमा प्रश्न उठाउने तपाईं को हो ?

गोविन्द शर्मा तिमल्सिना२०७७ माघ १९ गते, सोमबार २१:२७ 3 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरण भण्डारीले नेकपा प्रचण्ड–माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीको अभिव्यक्तिलाई लिएर दुःख व्यक्त गरेकी छन् । सोमबार फेसबुकमा आफ्नो भनाइ लेख्दै उनले भनेकी छन्, ‘झाँक्रीलाई नेता मान्ने र सम्पर्कमा भएकाहरूले यो छोरीको प्रश्न सुनाइदिनू ।’

झाँक्रीले एउटा भाषणमा राष्ट्रपति भण्डारीलाई शीतलनिवासबाट निस्केर बालकोट जान चेतावनी दिएकी थिइन् । साथै उनले विधवा बनेपछि भण्डारीले सेतो सारी लगाएको विषयमा पनि टिप्पणी गरेकी थिइन् ।

उषाकिरणले आफ्नो झाँक्रीलाई आमाको रातो सारी र आफूहरुको बाल्यकाल फिर्ता ल्याइदिन र आफूहरुले भोग गरेको चिज लैजान चुनौती दिएकी छन् ।

‘तपाईं उहाँको सिन्दूर–पोते, रातो सारी, हाम्रो ड्याडी, हाम्रो बाल्यकाल फिर्ता ल्याइदिनुस् । अनि तपाईंलाई हामीसँग त्यस्तो के नाफा भएको छ जस्तो लाग्छ, लिएर जानुस् ।’ बुवाको मृत्युपछिको पीडा सहन आमाले गरेको संघर्षको झलक पनि उनले प्रस्तुत गरेकी छन् ।

उषाकिरण लेख्छिन्, ‘तपाईं कम्युनिस्ट स्कुलिङको हो भने हो भने सांस्कृतिक आन्दोलन कति पेचिलो हुन्छ बुझ्नु पर्ने । मेरी आमा एउटा अकल्पनीय घटना सामना गर्दै हुनुहुन्थ्यो । तपाईं सेतो सारीको कुरा गर्नु हुन्छ, हाम्रो घरमा सेतो तन्ना, सेतो सोफा, सेतै भित्ता थिए । उहाँले बाबालाई मनपर्ने खाना र अचार बनाउन छोडनु भयो । उहाँका ससाना छोरीहरू हामीले प्रश्न उठाएनौं । तपाईं उहाँको सारीमा प्रश्न उठाउने को हो ?’ उषाकिरण भण्डारीको स्टाटस

मेरो momले मलाई बोलाउनु भयो अनि भन्नुभयो- सबै leadershipमा रहेका महिलाहरूलाई घिनलाग्दो आक्षेप लगाउछन- पहिलेको समयमा इन्दिरा गाँधी देखी अन्तराष्ट्रीय जगतको कुरा गर्दा एँगेला मर्केलको उदाहरण दिनुभयो।आमाको मन हो- आफ्नो घाउ देखाउनु भएन, छोरीहरूमाथी यस्तो घटनाक्रमले पारेको आहतमा मलम लगाउन र हिम्मत दिन कोशिश गर्नुभयो।
मेरो momको बारेमा तथानाम भन्न थालेको लगभग २०५२/५३ देखी हो- यो शुरू गर्ने पत्रकार अहिले retired वरिष्ठ पत्रकार र ठुलो नागरिक अगुवा भइसके। उनीहरूका नया र neo अवतार अहिले छन। म त्योबेला ११ वर्ष जती थिए, momले phoneमा भन्नुहुँदैथियो- “म किन अभियानमा ननिसकिनु!? किन घरमा लुक्नु!? उनीहरुले यही चाहेर यो सब गर्दैछन- म भाग्दिन।” मलाई त्योदिन देखीनै हिम्मत प्राप्त भयो।momले हामीलाई आफ्नो साहास र दृदताबाट शिक्षित गर्नुभएको छ।
१ महिना अघि मैले यहीं ( facebookमा) भनेको थिएँ- अदृश्य cyber bully बाट अब सडकमा नारा लाउन शुरु भयो- हामिले आवाज बुलन्द नगरे यस्तो crimeले झन ठुलो रूप लिन्छ- एक महीना नबित्तदै त्यही भयो।
यहाँ रामकुमारी झांक्रीलाई आफ्नो युवा नेता मान्नेले झांक्रीलाई सुनाइदिनु
१) गल्ती सेतो सारीमा होईन गल्ती दृष्टिकोणमा छ
२) गलत चुनाव लडाउनु होईन, उहाँमाथी त्यसबेलाका शीर्षनेताले गरेको व्यवहार र बोलीमा थियो- अहिले उहाँ तपाईंको शीर्ष नेता हुनुहुन्छ- सोधनुहोस गएर!
३) तपाईं communist schoolingको हो भने- सांस्कृतिक आन्दोलन कति पेचिलो हुन्छ बुझ्नु पर्ने- मेरो mom एउटा अकल्पनिय घटना सामना गर्दै हुनुहुन्थियो- तपाईं सेतो सारीको कुरा गर्नु हुन्छ- हाम्रो घरमा सेतो तन्ना, सेतो सोफा सेतै भित्ता थिए- उहाँले daddyलाई मनपर्ने खाना/ अचार बनाउन छोडनु भयो- उहाँका स-साना छोरीहरू हामीले प्रश्न उठाएनौ, तपाईं उहाँको सारीमा प्रश्न उठाउने को हो!? हामी ९/१० वर्षको ले बुझयौ उहाँ tragedy संग copeगर्ने कोशिशमा यो सब गर्दै हुनुहुन्थियो- तपाईं महिला, ठुलो मान्छे भएर यती बुझनु भएन!!? तपाईंलाई अर्को कुरा भन्छु, दसैंमा टिका ग्रहणपनि राष्ट्रपति भएपछि बाध्यात्मक अवस्था भएर लाऊनु भयो- राष्ट्र प्रमुखको निधार खाली हुनुहुदैन भन्ने मान्यताले गर्दा- उहाँको बूढ़ी आमाले उहाँलाई प्रश्न गर्नु भएन जमरा मात्रै हातमा दिदा- तपाईं भीड जम्मा गरेर किन सांस्कृतिक क्रान्ति नगरेको भनेर प्रश्न गर्ने को हो!? Tragedy cope गर्ने हरेकको आफ्नो आफ्नो बाटो हुन्छ- जुन बाटो स्वयम त्यो व्यक्तिले पनि voluntarily रोज़ेको होईन। हरेक कुरा नाफा र नोकसानमा तुलना गर्न सकिदैन। यदी तपाईंलाई लाग्छ आफ्नो माया आफ्नो जीवनसाथी भन्दा माथी career महत्वकांगछा हो भने- ठाउ साटौ- तपाईं उहाँको सिन्दूर पोते रातो सारी, हाम्रो daddy, हाम्रो बाल्यकाल फिर्ता ल्याइदिनुस अनि तपाईंलाई हामीसंग त्यस्तो नाफा भएको के छ जस्तो लाग्छ- लिएर जानुस
झांक्रीलाई नेता मान्ने र सम्पर्कमा भएको ले यो छोरीको प्रश्न सुनाइदिनु See Less
– सुत्र न्युजबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

गृहमन्त्री हेटौंडा आएकै बेलामा घुमुवा प्रहरीले मच्याए उत्पात, प्रहरी कार्यालयभित्रै महिलाको मृत्यु

पार्टीमा १० वर्ष ओलीको विकल्प छैन : गुरुङ

आममाफीकाे जसअपजसको भागी सरकार नै हुनुपर्छ : राष्ट्रपति पाैडेल

शेयर मार्केटलाई स्वस्थकर बनाउन जरुरी छ : अर्थमन्त्री महत

प्रचण्डद्वारा पदाधिकारी बैठकको आह्वान

लोसपाको पदाधिकारी बैठक मंगलबार बस्दै

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :[email protected]

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.