
मकवानपुरगढी- मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष भागवत घिमिरेले सहकारी संस्थालाई अग्रगतीमा लैजान सक्षम नेतृत्वको आवश्यकता हुने बताएका छन् ।


मक्रान्चुलीमा रहेको देशकै प्रतिष्ठित दुग्ध सहकारी संस्था मनकामना दुग्ध उत्पादक सहकारी संस्थाको आज ३३ औं वार्षिकोत्सबको अवसरमा वडाध्यक्ष घिमिरेले सो कुरा बताएका हुन् । संस्थाले दुध उत्पादनको लागि मात्र नभै अब विविधीकरण तर्फ पनि योजनाहरु बनाउनुपर्ने आवश्यक रहेको भन्दै संस्थाको कार्यसमिति तथा लेखासमिती चयनका लागि निर्वाचन कार्यक्रम चलिरहेकाले निर्वाचनबाट सकेसम्म सर्वसम्मत तरिकाले सक्षम नेतृत्व चयन गर्नुपर्नेमा उनले जोड दिए ।
संस्थाका अध्यक्ष कृष्ण प्रसाद दाहालको अध्यक्षता तथा मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष भागवत घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष प्रकाश अधिकारी , जिल्ला प्रतिनिधि बिष्णु प्रसाद न्यौपाने , निर्वाचन उप-समितिका संयोजक गोविन्द प्रसाद तिमल्सिना (शर्मा) लगायत संस्थाका कार्यसमिति तथा शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।
उता संस्थाको निर्वाचन कार्यक्रम तालिका अनुसार भोलि २१ गते बिहान १० बजे देखि ३ बजेसम्म कार्यसमिति तथा लेखा समितिका लागि मनोनयन दर्ता को लागि समय तय गरिएको निर्वाचन उप-समितिका संयोजक गोविन्द प्रसाद तिमल्सिनाले बताएका छन् । सर्वसम्मत नभएमा २९ गते मतदान कार्यक्रम राखिएको तिमल्सिनाले बताए ।
