
थाहा, मकवानपुर – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) थाहा नगरपालिकाको आयोजनामा बुधबार थाहा नगरपालिकामा मसाल जुलुस निकालिएको छ । नेकपा प्रचण्ड–माधब समुहले आह्वान गरेको देशव्यापी आमहड्तालको पुर्वसंध्यामा त्रिभुवन राजपथको शिखरकोटबाट सुरु भएको जुलुश ओखरबजार पुगेर सम्पन्न भएको थियो ।
मसाल जुलुसको समापनमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का थाहा नगर अध्यक्ष अरुण रायमाझिले भोलि बिहिबारको बन्दलाइ सफल पार्न सबैमा अनुरोध गर्नुभयो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बागमती प्रदेश सचिवालय सदस्य बिष्णु बिष्ट आदर्श, जिल्ला सदस्य तथा थाहा नगर सह इन्चार्ज लक्ष्मण बिष्ट, जिल्ला सदस्य तारा सिन्तान, बिनायक गोले, जयराम रायमाझी लगायत नगर कमिटीका नेताहरु, युवा संघका कार्यकर्ता, अनेरास्ववियु र अनेमसंघका कार्यकर्ताको बाक्लो सहभागिता रहेको पालुङबाट पत्रकार राजकुमार केसीले बताएका छन् ।
आम हड्तालमा बजार, शिक्षण संस्था, यातायात लगायत बन्द रहेपनि अत्यावाश्यक सेवा भने बन्द नगर्ने जनाएको छ ।