
जनकपुर / नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) दाहाल-नेपाल समूहले आव्हान गरेको आमहड्तालको क्रममा बन्दकर्ता र प्रहरीबीच झडप भएको छ ।
हडतालको प्रदर्शन गर्ने क्रममा जनकपुरको शिव चोकमा प्रहरी र बन्दकर्ता बीच झडप भएको हो । झडपमा दाहाल-नेपाल समूहका केन्द्रीय सदस्य रामचन्द्र झा घाइते भएका हुन् ।
नेता झाको टाउकोमा चोट लागेको छ भने केही बन्दकर्ताहरु पक्राउ परेका छन् । केही गाडीमा तोडफोडसमेत भएको प्रहरले जनाएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1