
हेटौंडा / बागमती प्रदेशको राजधानीमा स्थापना भएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको तेस्रो सभा बिहीबार हेटौंडा बसेको छ ।
सभाले मकवानपुरको मकवानपुरगढी गाउँपालिकाकी रमिला घलानलाई सभाको सदस्य पदमा मनोनित गरेको छ ।
आदिवासी, जनजाति, सिमान्तकृत, अल्पसंख्यक, दलित मध्येबाट एकजना महिलासहित दुईजना सभाको सदस्यमा मनोनित गर्नुपर्ने व्यवस्थाअनुसार विगत एक दशक भन्दा लामो समयबाट स्वास्थ्य क्षेत्रमा क्रियाशिल रहदै आएनुभएकी घलानलाई सभाको सदस्यमा मनोनित गर्ने निर्णय गरेको प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईले जानकारी दिनुभयो ।
बिहीबार बसेको सभाले ३ वटा नियमावली पारित गरेको छ भने ऐनमा संशोधनको प्रस्ताव पारित गर्नुका साथै प्रतिष्ठानको तेस्रो सभाले कर्मचारी र शिक्षकको सेवा, सर्त र सुविधासम्बन्धी नियमावली, अस्पताल सञ्चालन तथा व्यवस्थापनसम्बन्धी नियमावली पारित गरेको रजिष्ट्रार प्रसाईले बताउनुभयो ।
प्रतिष्ठानले चालु आर्थिक वर्षबाटै तिनवटा शैक्षिक कार्यक्रम सञ्चालनको तयारी गरेको छ ।
