


काठमाडौ / चितवन माडी स्थित अयोध्याधाममा राख्नका लागि राम र सिताको मुर्ती तयार भएको छ ।
चितवनको माडी बाट प्रधानमन्त्री केपि शर्मा ओली लाई भेटन गएको जन प्रतिनिधी लगायतको टोलीले प्रधानमन्त्री भेटे सगै निर्माणाधिन मुर्तिको अबलोकन समेत गरेको छ ।
हाल सम्म काठमाडौमा अयोध्याधाममा राख्नको लागि राम र सिताको विशाल मुर्ति निर्माण भै सकेको तथा अब लक्ष्मण र हनुमानको मुर्ती बनिरहेको भेटबर्तामा सामेल माडी नगरपालिका प्रबक्ता तथा वडा नं. ९ का वडाध्यक्ष शिवहरि सुवेदीले बताउनु भयो ।
जनप्रतिनिधि लगायतको टोलीले मुर्तिको अबलोकन पछि मुर्ति निर्माण स्थलमा प्रधानमन्त्री सग फोटो समेत खिचाएको छ । भेटबार्ता टोलीले राष्ट्रिय निकुञ्ज, बाँदरझुला बस्ती व्यवस्थापन र अयोध्याधामको बिषय लगायतको जानकारी गराउन प्रधानमन्त्री सग भेटबार्ता गरेको हो ।
भेटबार्तामा माडी नगरपालिका प्रबक्ता तथा वडा नं. ९ का वडाध्यक्ष शिवहरि सुवेदी, कार्यपालिका सदस्य जगराम प्रजा , सामाजिक अगुवा राजकुमार प्रजा ,राजनैतिक अगुवा श्याम बिष्ट, अनेमसंघका केन्द्रीय सदस्य सरस्वती बिष्ट, माडी ७ स्तरीय रामधाम समितिका अध्यक्ष धर्म खनाल , बाँदरझुलाका सामाजिक अगुवा आशिष गोपाल परियार, रुपेन प्रजा र विनोद श्रेष्ठ लगायत सम्मिलित टोली रहेको थियो ।
टोलीले माडी क्षेत्रको समग्र पछिल्लो अबस्थाका बारेमा जानकारी गराएको र प्रधानमन्त्री बाट सकारात्मक जवाफ आएको माडी नगरपालिकाका प्रबक्ता सुबेदीले बताउनु भयो ।भेटबार्ता टोलीमा प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार सीता पौडेल र राष्ट्रियसभा सदस्य तथा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल (पार्बती )को समेत सहभागिता रहेको जनाइएको छ । त्यसैगरी सोही टोलीले वनमन्त्री प्रेम आले र भूमि व्यवस्था समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीसंग छुट्टाछुटटै भेटघाट गरेको छ । भेटका अबसरमा सो टोलीले चितवन राष्ट्रिय निकुञ्जका कारण सिर्जित समस्या र त्यसको समाधानका उपाय, २०२९ सालको निकुञ्ज ऐनको जनपक्षीय शंसोधन, बाँदरझुला बस्तीको व्यवस्थापन, रीउ करिडोर निर्माण र रामधामको बिषयमा छलफल समेत गरेको हो ।
केही दिन अगाडी चितवनमा भएको जनसभामा प्रधानमन्त्री ओलीले अयोध्याधामका लागि राम र सिताको मुर्ती तयार भएको बताउनु भए सगै सबैको चासो बढेको हो । (मेट्रो पत्रीका)