• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेशका किसानले यो वर्ष दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान पाउने

    २०७९ माघ १७ गते, मंगलवार १८:३६

    ‘पढाइ, कमाइ र दबाइ’ अभियान सुरु गर्छौँ : मुख्यमन्त्री रावल

    २०७९ माघ १७ गते, मंगलवार ११:२७

    बिकासको लागि शिक्षा अपरिहार्य : सामाजिक विकास मन्त्री मोक्तान

    २०७९ माघ १५ गते, आईतवार २२:४४

    बाग्मती प्रदेश : मन्त्रालयका वेबसाइटमा मन्त्री एक जना, नाम र फोटो अर्कैकाे

    २०७९ माघ १५ गते, आईतवार ११:३२

    हेटौंडा महोत्सवमा मकवानपुरगढीका स्थानीय एवम रैथानेबालीको प्रदर्शनी तथा बिक्री

    २०७९ माघ ११ गते, बुधबार २०:२६
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

यस्तो बन्दैछ लुम्बिनीमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र,९८ प्रतिशत काम पूरा

गोविन्द शर्मा तिमल्सिना२०७७ माघ २६ गते, सोमबार २२:१५ 3 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email


दुई वर्षभित्रै सम्पन्न गर्ने लक्ष्यसहित बुद्धजन्मस्थल लुम्बिनीमा निर्माण सुरू गरिएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तथा ध्यान केन्द्रको ९८ प्रतिशत काम पूरा भएको छ।
लुम्बिनीमा आयोजना हुने ठूला सभा समारोहका लागि सम्मेलन केन्द्रको अभाव भएपछि २०७५ साल वैशाख १७ गते २५६२ औं बुद्ध जयन्तीको अवसर पारी राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सम्मेलन केन्द्रको शिलान्यास गरिएको थियो।

२०७७ असारभित्रै सम्पन्न गर्ने लक्ष्यसहित अनक–अर्घाखाँची–बाबुल जेभी सिद्धार्थनगरले निर्माणको जिम्मा लिएको सम्मेलन केन्द्रको निर्माण कार्य अन्तिम चरणमा पुगेको लुम्बिनी विकास कोषले जनाएको छ।

निर्धारित समयमा निर्माण कार्य पूरा नभएपछि २०७७ असोजसम्मको समय थप गरिएको थियो।
कुल ३१ करोड ७९ लाख रुपैयाँमा निर्माण सम्झौता गरिएको सम्मेलन केन्द्रको पहिलो चरणको काम करिब अन्तिम चरणमा पुगेको लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले जानकारी दिए।

बितेको एक वर्ष कोरोना महामारीका कारण निर्माण कार्य प्रभावित भएपछि निर्माण कार्य केही पछाडि धकेलिएको उनले बताए।
२०७३ साल जेठ ८ गते २५६० औं बुद्ध जयन्ती मनाइरहँदा हावाहुरी र वर्षाले बिथोलिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीमा ५ हजार क्षमताको सम्मेलन केन्द्र निर्माण गर्ने प्रतिवद्धता गरेअनुरूप दुई वर्षपछि सम्मेलन केन्द्र तथा ध्यान केन्द्रको शिलान्यास गरिएको थियो।

प्रधानमन्त्री ओलीले दुई वर्षभित्रै सभागृह निर्माण गर्ने बताएको भए पनि परामर्शदाता छनोट, डिजाइन, लागत अनुमान र ठेक्का प्रक्रिया गर्दा नै दुई वर्ष बितेको थियो। तीन सय ८६ दशमलव ८८ वर्गमिटर यो सम्मेलन केन्द्रको डिजाइन दक्षिण एसियामै नमूना भएको कोषको दाबी छ। कोषका उपाध्यक्ष त्रिपाठीले आगामी बुद्धजयन्ती नयाँ संरचनामा नै मनाउने गरी तयारी गरिएको बताए।

‘पहिलो चरणमा सम्मेलन केन्द्रको निर्माणको काम ९८ प्रतिशत पूरा भएको छ, दोस्रो चरणमा अतिथी गृह, पार्किङ स्थलको निर्माण लगायतको लागि पनि ठेक्का प्रकृयाको काम अगाडि बढेको छ,’ त्रिपाठीले भने।

दोस्रो चरणमा पनि २७ करोडका बराबरका संरचना निर्माण हुनेछन्।

यो सम्मेलन केन्द्र सम्पन्न हुँदा नेपालकै सबभन्दा ठूलो र आकर्षक हुने उनले दाबी गरे। सम्मेलन केन्द्रमा आवश्यकता अनुसार अटोमेटिक पार्टेसन गर्न सकिने प्रविधि जडित हुनेछ।

पहिलो चरणमा सम्मेलनकेन्द्र, दुई वटा शौचालय र कन्ट्रोल रुम बनाइएको छ । सम्मेलनकेन्द्र तथा ध्यान केन्द्रमा मौसम अनुसार ६ देखि ८ डिग्रीसम्म तापक्रम तलमाथी हुन सक्ने इपिसएस प्यानल प्रयोग गरेर छानो लगाइएको छ। लुम्बिनी अत्यन्त गर्मी हुने स्थल भएकोले तापक्रम तलमाथि गर्न मिल्नेगरी प्यानल प्रयोग गरिएको कोषले जनाएको छ।

हलमा छानोदेखि तल १२ हजार ७ सय वर्गमिटरमा फल्स सिलिङ लगाइँदै छ। त्यस्तै, ध्यान केन्द्रको छानो १२ दशमलव ३३ मिटरदेखि २० दशमलव ४९ मिटरसम्मको उचाइको छ।

छाता शैलीमा निर्माण भइरहेको अत्याधुनिक र सुविधा सम्पन्न सम्मेलन केन्द्रमा १० मिटर गहिराइका १ सय ४० वटा पाइल फाउन्डेसन निर्माण गरी त्यसैमाथि ४० वटा पिलर ठड्याएर छानो बनाइएको हो।

एक वर्गमिटर गोलाइका पिलरसहित फरक शैलीमा बनिरहेको सम्मेलन केन्द्रको छाना स्टिल र फलाम प्रयोग गरी बनाइएको छ। सानो ठूलो आकारमा विभाजन गरेर पनि कार्यक्रम गर्न मिल्ने गरी सम्मेलन केन्द्र बनाइएको कोषको भनाइ छ।

जापानिज वास्तुकलाविद् प्रोफेसर केन्जो टांगेले बनाएको लुम्बिनी गुरूयोजनामा सम्मेलन केन्द्र नसमेटिएको भए पनि यसलाई गुरूयोजनामा मेलखाने गरी निर्माण गरिएको उपाध्यक्ष त्रिपाठीले बताए।

कोरियन गुम्बाशैलीको गोलाकार छानामाथि बुद्धको आँखा आकृति बनाइने छ।

ठेक्का प्रकृया सुरू भएको दोस्रो चरणमा कम्पाउण्ड वाल, ल्याण्ड स्केप, पार्किङ, विद्युतीकरण, विशिष्ट पाहुनाका लागि प्रतीक्षा कक्ष, बुद्ध मूर्तिसहितको आकर्षक वाटर फाउन्टेन, शौचालय, सौन्दर्यीकरण लगायतका संरचना निर्माण हुनेछन्।
दोस्रो चरणको काम पनि करिब एक वर्षभित्रै सम्पन्न गरिने त्रिपाठीको भनाइ छ। ( सेतोपाटीबाट )

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

बागमती प्रदेशका किसानले यो वर्ष दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान पाउने

सभापति लामिछानेविरुद्ध परेको जाहेरी दर्ता गर्न प्रहरीद्वारा अस्वीकार

स्वास्थ्यमा कुनै ‘कम्प्रमाइज’ नगर्नुस् : राज्यमन्त्री कार्की

सर्वाेच्च अदालतबाट पूर्ण पाठ आएपछि मात्रै गृह मन्त्रालयबारेमा निर्णय हुन्छ : प्रधानमन्त्री

कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्छ : विश्वप्रकाश शर्मा

विद्युत् आयोजनाले मापदण्डको ख्याल नगर्दा सोलु खोला बगरमा परिणत

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :shubhabihanimg@gmail.com

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.