
काठमाडौँ/ नेकपाको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय कमिटीको बैठकले वचन बहादुर सिंहलाई केन्द्रिय अध्यक्षमा निर्वाचित गरेको छ ।
संघले संयोजकबाट रामप्रसाद सापकोटा (दिपशिखा) लाई निष्कासन गर्दै सिंहलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
ललितपुरको च्यासस्थित तुलसीलाल स्मृति भवनमा शुरू भएको युवा संघको केन्द्रीय समिति बैठकले बिधान संसोधन गरि बहुपदमा जाने निर्णय गर्दै पदाधिकारीहरुको टुङ्गो समेत लगाएको छ ।
बैठकले सह-अध्यक्ष को व्यवस्था गरि संघका नेता किरण पौडेललाई सो पदमा चयन गरेको छ । बैठकले युवा संघको उपाध्यक्षमा सन्तोष रावल, रविन थापा, क्षितिज थेबे, अञ्जना अधिकारी, उर्मिला सुनार, नृपेन्द्र महत, सञ्जिव झा, रोशन बस्नेत, अमित लामा, गजेन्द्र शाही, अशोक चौलागाईं, तिरण गौतम, सुमन पुरीलाई निर्वाचित गरेको छ । त्यसैगरी महासचिवमा रमेश आचार्य निर्वाचित भएका छन । उपमहासचिवमा रामजी सापकोटा र रमेश तिवारी निर्वाचित भएका छन ।
त्यसैगरी सचिब पदमा सन्तोष प्रकाश जोशी, विष्णा चन्द, मिलन सिंह, सुमित्रा बोगटी, राजन थापा, सुमन बुढा, चन्द्र दाहाल, तुलबहादुर अधिकारी, रमेश पौडेल, रविन्द्र लम्साल, प्रकाश लामिछाने, गोविन्द बस्नेत, हरि लम्साल, महेन्द्र गुरुङ, खिलबहादुर राना, सम्राट गौचन, मदन भण्डारी, अमित पौडेल, शिव महर्जन, मिलन सिंह निर्वाचित भएका छन ।
सचिब पदमै प्रकाश लामिछाने, बिमल लामिछाने, महाराज गुरुङ, जय गुरुङ, विष्णुहरी त्रिपाठी, बेग पाण्डे, संगीता अछामी, प्रताप डल्लाकोटी, सत्यनारायण यादव, शिवचन्द्र सिंह, मोबिन आलम, सीता सुवेदी, अर्जुन ढुंगाना, देवानन्द मेहता, रामकाजी बान्तवा, राकेश राई निर्वाचित भएको युवा संघले जनाएको छ ।
त्यस्तै लेखा आयोग प्रमुखमा सुदीप सापकोटा चयन भएका छन ।
युवा संघ इन्चार्ज महेश बस्नेतको उपस्थितिमा भएको बैठकले सापकोटालाई निष्कासन गरेपछि रमेश पौडेलको अध्यक्षमा बैठक शुरु भएको थियो ।
