• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेशका किसानले यो वर्ष दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान पाउने

    २०७९ माघ १७ गते, मंगलवार १८:३६

    ‘पढाइ, कमाइ र दबाइ’ अभियान सुरु गर्छौँ : मुख्यमन्त्री रावल

    २०७९ माघ १७ गते, मंगलवार ११:२७

    बिकासको लागि शिक्षा अपरिहार्य : सामाजिक विकास मन्त्री मोक्तान

    २०७९ माघ १५ गते, आईतवार २२:४४

    बाग्मती प्रदेश : मन्त्रालयका वेबसाइटमा मन्त्री एक जना, नाम र फोटो अर्कैकाे

    २०७९ माघ १५ गते, आईतवार ११:३२

    हेटौंडा महोत्सवमा मकवानपुरगढीका स्थानीय एवम रैथानेबालीको प्रदर्शनी तथा बिक्री

    २०७९ माघ ११ गते, बुधबार २०:२६
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

अब भानु माविको आफ्नै बस, वडाध्यक्षद्वय घिमिरेले गरे उद्घाटन

गोविन्द शर्मा तिमल्सिना२०७७ माघ २७ गते, मंगलवार १२:३० 2 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

मकवानपुरगढी- मकवानपुरगढी ३ मक्रान्चुलीमा रहेको भानु माविले आज (२७ गते मंगलबार) देखि आफ्नै पहेंलो बस संचालन गरेको छ ।

मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ र ५ का वडा अध्यक्षहरु भागवत घिमिरे र जित बहादुर घिमिरेले आज भानु माविको प्राङ्गणमा आज संयुक्तरूपमा बस संचालनको उद्घाटन गरेका छन् । ३ नं का वडाध्यक्ष भागवत घिमिरेले आफैले बस चलाएर बस संचालनको सुरुवाती गरेका हुन् ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि वडा ३ नं का वडाध्यक्ष तथा गाउँपालिकाका प्रबक्ता भागवत घिमिरेले गाउँपालिकाले भानु माविलाई नमुना विद्यालयका रूपमा संचालन गर्न चाहे अनुसार बागमती प्रदेश सरकारले पनि विद्यालयलाई प्रदेशको नमुना विद्यालयका रुपमा विकास गर्न आवश्यक भौतिक संरचना निर्माण लगायतमा सहयोग गरिरहेको बताए । बस संचालन पश्चात् साना विद्यार्थीहरुलाई विद्यालय आवतजावत गर्न धेरै नै सजिलो र सहज हुने उनले धारणा व्यक्त गरे ।

५ नं का वडाध्यक्ष तथा गाउँपालिकाका सामाजिक विकास संयोजक जित बहादुर घिमिरेले विद्यालयलाई नमुना विद्यालयका रूपमा विकास गर्न आफु लगायत गाउँपालिकाबाट सक्दो सहयोग गर्न आफ्नो भुमिका रहिरहने धारणा व्यक्त गरे ।

विद्यालयले बोलपत्र मार्फत आईचर कम्पनीको बस रु. पच्चीस लाखमा खरिद गरेको र त्यसका लागि गाउँपालिकाले दश लाख र बाँकी पन्ध्रलाख रकम विद्यालयको आन्तरिक श्रोतबाट खर्च गरि बस खरिद गरिएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मान कुमारी पाख्रीनले बताइन् ।

विद्यालयले यसै शैक्षिकसत्र देखि नै भाडामा बस लिई बन्दडाँडा , मोरङ्गे र देविडाँडा क्षेत्रबाट कक्षा ७ सम्मका विद्यार्थीहरुका लागी बस सेवा संचालन गरेको थियो । फलस्वरूप त्यस क्षेत्रबाट विद्यालयमा करिब एकसय जना विद्यार्थी थपिएको विद्यालयका सहायक प्रधानाध्यापक शिवराम फुयालले बताए । विद्यालयबाट भौगोलिक हिसाबले अलि टाढा रहेका साना विद्यार्थीहरुलाई बस सेवाले राहत पुर्याएको उनले बताए ।

हाल १५० जना विद्यार्थीले बस संचालनबाट सेवा लिइरहेका छन् । विद्यालयमा कक्षा ७ सम्म अध्ययन गर्ने विद्यार्थीको संख्या ३५० रहेको र विद्यालयमा कुल विद्यार्थी संख्या ५१५ रहेको जनाइएको छ ।

कार्यक्रममा जनप्रतिनिधि, ब्यवस्थापन समिति , शिक्षक , विद्यार्थी , पत्रकार लगायत अभिभावकहरुको उपस्थिति रहेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

बागमती प्रदेशका किसानले यो वर्ष दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान पाउने

सभापति लामिछानेविरुद्ध परेको जाहेरी दर्ता गर्न प्रहरीद्वारा अस्वीकार

स्वास्थ्यमा कुनै ‘कम्प्रमाइज’ नगर्नुस् : राज्यमन्त्री कार्की

सर्वाेच्च अदालतबाट पूर्ण पाठ आएपछि मात्रै गृह मन्त्रालयबारेमा निर्णय हुन्छ : प्रधानमन्त्री

कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्छ : विश्वप्रकाश शर्मा

अनुगमन बढाउन औषधि व्यवस्था विभागलाई मन्त्री गिरीको निर्देशन

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :shubhabihanimg@gmail.com

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.