• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    टिभिएसद्वारा आकर्षक अफर सहित एक्सचेन्ज अफर

    २०८० आश्विन ४ गते, बिहीबार १९:२६

    नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला स्तरिय प्रधानाध्यापक गोष्ठी सम्पन्न

    २०८० भाद्र २८ गते, बिहीबार २०:२६

    लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य

    २०८० भाद्र २७ गते, बुधबार ११:१३

    सुदूरपश्चिममा सत्ता पक्षका दलका नेताले प्रयोग गरिरहेका गाडी फिर्ता गर्न निर्देशन

    २०८० भाद्र २२ गते, शुक्रबार ११:३१

    लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

    २०८० भाद्र २१ गते, बिहीबार १२:३४
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

गण्डकीमा जलविद्युत् विकासको ढोका खुल्यो : राष्ट्रिय प्रसारण लाइनमा जोडिँदै स्थानीय उत्पादन

गोविन्द शर्मा तिमल्सिना२०७७ माघ २९ गते, बिहीबार १३:२४ 2 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email


म्याग्दी / म्याग्दीको दानामा निर्माण गरिएको दाना सब–स्टेसन तयार भई परीक्षण सफल भएसँगै यस क्षेत्रमा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । सब स्टेसन र प्रसारण लाइन तयार नहुँदा यस क्षेत्रमा निर्माण भएका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् खेर गएको थियो ।

नेपाल विद्युत् प्राधिकरण निर्माण गरेको २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइन र सब–स्टेसन सञ्चालनमा ल्याएपछि यहाँ उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिन थालेको हो । अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा निर्माण भएको पाँच मेगावाट क्षमताको घलेम्दी जलविद्युत् आयोजना निर्माण सकिएको एक वर्षपछि र मुस्ताङमा निर्माण भएको १३.४ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् निर्माण सकिएको तीन वर्षपछि दाना सब–स्टेसनमार्फत केन्द्रीय प्रसारण लाइनमा जोडिएको हो ।

कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजनाका प्रमुख चन्दनकुमार घोषका अनुसार निर्माणको अन्तिम चरणमा रहेको ४२ मेगावाट क्षमताको मिस्त्री खोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् पनि यसै सब–स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । यो आयोजनाले निर्माण सम्पन्न गरी परीक्षण उत्पादनको तयारी थालेको छ । विद्युत् उत्पादन भए पनि समयमै प्रसारण लाइन निर्माण नहुँदा एक वर्षसम्म विद्युत् खेर गएको घलेम्दी हाइड्रोपावर लिमिटेडका अध्यक्ष किशोर सुवेदीले बताउनुभयो ।

प्रसारण लाइन निर्माण भएपछि यस क्षेत्रमा जलविद्युत् विकासको ढोका खुलेको छ । यस क्षेत्रमा १०९ मेगावाट क्षमताको निलगिरी जलविद्युत् आयोजना निर्माणको चरणमा छ । प्रसारण लाइन निर्माण भएसँगै आयोजना एक वर्षभित्र सम्पन्न गर्ने गरी निर्माणलाई तीव्रता दिएको छ । राष्ट्रिय प्रशारणमा जोडिने भएपछि ४० मेगावाट क्षमताका रघुगङ्गा जलविद्युत् आयोजनाले पनि निर्माणलाई तीव्रता दिएको छ । (जनता टाइम्सबाट)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

२२ प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन

शेयर बजार साढे १८ अङ्कले घट्यो

असोज २५ गतेदेखि दसैँका लागि नयाँ नोट साट्न पाइने

८ दिनदेखि उभिएर धर्ना दिइरहेका ‘ई’ को स्वास्थ्य अवस्था गम्भीर बन्दै गएकोमा आयोगको ध्यानाकर्षण

सुनको भाउ आज आठ सय रुपैयाँले घट्यो

आज एकदिनका लागि पाटन दरबार सङ्ग्रहालय प्रवेशमा पैसा नलाग्‍ने

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :[email protected]

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.