
मकवानपुरगढी- २८५७ औं सोनाम ल्होछारको अबसर मकवानपुरगढी ३ मा रहेको उर्गेन छ्योइलिङ गुम्बाले
आज शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।


नेपाली कांग्रेस हेटौंडा नगर सभापति आनन्दराम पराजुलीको प्रमुख आतिथ्यता एवम् गुम्बा ब्यवस्थापन समितिका अध्यक्ष विजय थोकरको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा रुद्र स्मृती पार्कका अध्यक्ष मान कुमारी पाख्रीन , मनकामना दुग्ध उत्पादक सहकारी संस्थाका नवनिर्वाचित अध्यक्ष अर्जुन प्रसाद दाहाल , कालिदेबी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष अर्जुन प्रसाद सापकोटा , सुसेली सामुदायिक वनका ज्ञानेन्द्र रिमाल , स्थानीय समाजसेवी गोपाल सन्जेल लगायतकाको आतिथ्यता रहेको थियो ।
स्थानीय कलाकारहरुले नृत्य प्रस्तुत गरेको सो कार्यक्रममा विभिन्न संस्था तथा ब्यक्तिहरुले आर्थिक सहयोग समेत गरेका थिए । यसै क्रममा मकवानपुरगढी ४ कालिखोलामा रहेको सहिद रुद्र स्मृती पार्कले ५ हजार रुपैयाँ सहयोग गरेको पार्ककी अध्यक्ष मान कुमारी पाख्रीनले बताउनुभयो ।

त्यसैगरि मकवानपुरगढी ४ मा रहेको छारम्हेन्दो तामाङ समाजले पनि शुभकामना आदानप्रदान गरेको छ। यो संस्था लाई पनि सहिद रुद्र स्मृति पार्कले ५ हजार रुपैयाँ सहयोग गरेको अध्यक्ष पाख्रीनले बताउनु भएको छ ।