
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशमामा जाने आफ्नो निर्णय उपयुक्त र मुलुकको आबस्यकता भएको बताउनु भएको छ।
सिंहदरवारमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारको तीन वर्षे कार्यकालको समीक्षा गर्दै आफूलाई ‘प्रतिगमनकारी’ भनिएकोमा आपत्ति जनाउनु भयो । उहाले प्रश्न गर्नुभयो – के हो प्रतिगमन ? निर्वाचन प्रतिगमन हो ?


‘जनताका बीचमा जनादेशका लागि जाँदा प्रतिगमन हुन्छ भने कम से कम डेढ-दुई वर्षपछि चुनाव त हुन्छ नै, चुनाव रोक्न सकिँदैन । प्रतिगमन त फेरि हुने नै भयो, प्रणालीले चुनाव गराउँछ ।’ उहाले भन्नुभयो।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1